नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्यका लागि सम्झौता

नेपाली पात्रो र तोयनाथ पात्रोबीच सहकार्यका लागि सम्झौता


नेपालको पहिलो कम्यूनिटी एप नेपाली पात्रो र  राष्ट्रिय पञ्चाङ्ग बीच सहकार्यका लागि सम्झौता भएको छ ।

तोयनाथ पञ्चाङ्ग विगत १३५ बर्षदेखि नेपालमा निरन्तर प्रकाशित हुँदै आएको सर्वाधिक विश्वासिलो पञ्चाङ्ग तथा सजिलो क्यालेण्डर हो । प्रविधिको विकाससँगै एण्ड्रोइड तथा आइफोन जस्ता स्मार्टफोनमा नेपाली प्रयोगकर्ताहरुले खोज्ने प्रमाणित पञ्चाङ्ग साइत, लग्न, चाडबाड तथा तिथी मितीको विश्वस्नीय छापा संस्करण तोयनाथ पञ्चाङ्ग र नेपालीद्वारा नेपालीकै लागि तयार पारिएको मोबाइल एप्लिकेशन ‘नेपाली पात्रो’बीच सहकार्य भएको हो ।

सो अवसरमा नेपाली पात्रोका प्रमुख कार्यकारी अधिकृत सन्तोष कुमार देवकोटाले भने, ‘झण्डै डेढ शताब्दीदेखि निरन्तर वैदिक सनातन पञ्चाङ्गबारे ज्ञान र जानकारी समेटी नेपाली समाजलाई हाम्रो जरोकिलोको महत्व बुझाउन सफल तोयनाथ पञ्चाङ्गसंग विश्वभर छरिएर रहेका नेपाली सनातन पुस्तालाई ‘नेपाली पात्रो’ मार्फत् जोडने सौभाग्य प्राप्त भएकोमा उत्साहित छु ।’

साथै तोयनाथ पञ्चाङ्गका सम्पादक सूर्यनाथ पन्तले यस सहकार्यलाई नयाँ र पुरानो पुस्ताबीचको ज्ञान आदान(प्रदानको मौका मिलेको बताए । 

तोयनाथ पञ्चाङ्ग समेटिएको नव वर्ष २०८० सालको नेपाली पात्रोको अपडेट यसै चैतभित्र सार्वजनिक गर्ने तयारी रहेको बताइएको छ । 

Logo