टंगालमा मिटरब्याज पीडितको प्रदर्शन, रवि लामिछानेले भने- पीडितहरुको साथमा छु’

टंगालमा मिटरब्याज पीडितको प्रदर्शन, रवि लामिछानेले भने- पीडितहरुको साथमा छु’


न्याय माग्दै काठमाडौं आएका मिटरब्याज पीडितहरुले टंगालमा प्रदर्शन गरेका छन् । प्रधानमन्त्री निवास बालुवाटारतर्फ अगाडि बढेका पीडितहरुलाई निषेधित क्षेत्रतर्फ जानबाट प्रहरीले रोकेपछि उनीहरुले टंगालमै बसेर प्रदर्शन गरेका छन्।

उनीहरुले तमसुक व्यस्था खारेज गर, मिटरब्याजीलाई कारबाही गर, हाम्रो जफत गरिएको सम्पत्ति फिर्ता गर, मिटरब्याजीविरुद्धको कानुन निर्माण गर लगायतका नारा लगाएर प्रदर्शन गरेका छन्।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने मिटरब्याज पीडितहरुलाई भेट्न टंगाल पुगेका छन् । उनले आफू पीडितहरुको साथमा रहेको बताए । लामिछानेले  समर्थन र विरोध भन्दा पनि समाधानको पहल गर्न आएको बताए ।

Logo