हजार र पाँच सयलाई ‘नोटबन्दी’ गर्न प्रधानमन्त्रीलाई पत्र

हजार र पाँच सयलाई ‘नोटबन्दी’ गर्न प्रधानमन्त्रीलाई पत्र


नेपाल समाजवादी मोर्चाका अध्यक्ष युवराज सफलले हजार र पाँच सयका नोट नोटबन्दी गर्न माग गर्दै प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)को ध्यानाकर्षण गराएका छन् ।

संयोजक सफलले बुधबार प्रधानमन्त्रीलाई ५ बुँदे ध्यानाकर्षणपत्र पठाउँदै मुलुकको आर्थिक अवस्था कमजाेरतर्फ गएको र  मुलुक श्रीलंका बन्ने बाटोमा उन्मुख भएको बताएका छन् । 

‘विभिन्न व्यक्ति एवम् व्यवसायीहरुले राष्ट्रलाई धरासयी बनाउन कर छलि एवम् भ्याट छलि जस्ता गतिविधि गरेकाले तत्काल ती व्यक्ति, कम्पनी र निकायलाई आवश्यक कर तिराई करको दायरामा ल्याउने व्यबस्था मिलाइयोस्’, प्रधानमन्त्रीलाई पठाएको ध्यानाकर्षणपत्रमा भनिएको छ ।
 

Logo