1
1
1
1
1

राष्ट्र बैंकले दुई अर्ब २६ करोडको ट्रेजरी बिल बिक्री गर्ने

1
1
1
1
1
1

काठमाडौं, २०७६ मंसिर २३ ।

नेपाल राष्ट्र बैंकले सोमबार (आज) दुई अर्ब २६ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रीय बैंकले बोलकबोल प्रक्रियाका माध्यमबाट उक्त परिमाणको ट्रेजरी बिल बिक्री गर्न लागेको हो ।

कूल ९१ दिने अवधिका लागि बिक्री गर्न लागिएको उक्त ट्रेजरी बिल आगामी फागुन २७ गते परिपक्व हुनेछ । बैंकले मङ्सिर १६ गते पनि ९१ दिने अवधिको तीन अर्ब १३ करोड मूल्य बराबरको ट्रेजरी बिल बिक्री गरेको थियो ।

प्रकाशित: २३ मंसिर २०७६ ०७:४५ सोमबार

1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी