माल पाएर चाल नपाउने महामुर्ख हो नेपाली -व्यवसायी शाक्य

माल पाएर चाल नपाउने महामुर्ख हो नेपाली -व्यवसायी शाक्य


पर्यटन व्यवसायी कर्ण शाक्यले नेपालीहरु माल पाएर चाल नपाउने मुर्ख भएको टिप्पणी गरेका छन् । 

शुक्रबार बसन्तपुरमा भव्यताका साथ सुरु भएको नेपाल पर्यटन महोत्सवमा उनले आफूलाई हेर्ने र अरुको निन्दा चर्चा गर्ने कार्यहरु गर्नु नै ठूलो कमजोरी भएको बताएका हुन् । 

उनले भने, ‘हामी सधैं आफ्नो देशलाई सानो भन्छौं । र सधैं आफुलाई गरीब ठान्छौं । हामी गरीब हैन् । हामी मुर्ख हो ,माल पाएर चाल नपाउने मुर्ख र अज्ञानी हो । आफ्नो सोचनै गरीब हो भन्ने छ भने साँच्चीकैको गरीब हुन्छौं । भगवानले छप्पर फाडेर दिएका छन् । यस्तो स्वर्गलाई नर्क हामीले बनाएको हो । यति धेरै दिँदा पनि हामी आफुलाई गरीब गरीब भन्छौं । आफुलाई नहेरि अरुलाई जान्ने,मूल्याङकन गर्ने,कोशिस गर्नु हामी नेपालीको कमजोरी हो ।’ 

वैशाख १ गते बसन्तपुर जाऔं नेपाल पर्यटन दिवस मनाऔं भन्ने नाराका साथ यस वर्षको पर्यटन महोत्सवको आयोजना गरिएको हो । आज र भोलि दुई दिन चल्ने महोत्सवलाई राष्ट्रिय पर्यटन दिवसकै रुपमा मनाउने उद्देश्यका साथ आयोजना गरिएको आयोजकले जनाएको छ । 

आयोजक संस्था एनटीपी मल्टिमिडियाका अध्यक्ष विष्णु विवेकले, नेपाली पर्यटनको विकास र विस्तारका लागि युवाहरुको सक्रियतामा सुरु गरिएको यो महोत्सवले नेपाली पर्यटन क्षेत्रमा नयाँ वहस आरम्भ गर्ने विश्वास व्यक्त गरेका छन् । 

आज विहान ११ बजे कर्ण शाक्यसंगको अनुभव साटासाटबाट सुरु भएको महोत्सव पर्सि २ गते संगीत सौन्र्दय र सुनौलो नेपाल शीर्षकमा संगीतकार तिलक सिंह पेलाको सेसन सहित सकिने  एनटीपी अध्यक्ष विवेकले जानकारी दिए ।  

Logo