सी जिनपिङ र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाबीच भेटवार्ता

सी जिनपिङ र ब्राजिलका राष्ट्रपति लुला दा सिल्भाबीच भेटवार्ता


चिनियाँ राष्ट्रपति सी जिनपिङले शुक्रबार ब्राजिलका राष्ट्रपति लुला दा सिल्भासँग भेटवार्ता गरेका छन् ।  लुला हाल चीन भ्रमणमा रहेका र उनको भ्रमणको दोस्रो दिन भेटवार्ता भएको हाे ।

लुला दा सिल्भाको यो भ्रमणका क्रममा ब्राजिलका पूर्व राष्ट्रपति डिल्मा रुसेफले न्यू डेभलपमेन्ट बैंकको अध्यक्षको रुपमा सपथ ग्रहण गरेकी छन् । न्यू डेभलपमेन्ट बैंकलाई चीनको सहयोग रहेको छ ।

न्यू डेभलपमेन्ट बैंकले ब्राजिल र विश्वका धेरै भागहरूमा पूर्वाधार परियोजनाहरूलाई वित्त पोषण गर्छ। ब्राजिल सरकारले लुलाको भ्रमणका क्रममा चीनसँग २० वटा सम्झौतामा हस्ताक्षर हुने जनाएको छ । ब्राजिलमा बोल्सोनारोको पराजय र लुला राष्ट्रपति बनेपछि दुई देशबीचको सम्बन्ध थप मजबुत देखिएको छ ।

Logo