आज नेपाली बजारमा यामाहाको म्याक्सी स्कुटर लन्च हुँदै

आज नेपाली बजारमा यामाहाको म्याक्सी स्कुटर लन्च हुँदै


मस्कुलर र स्पोर्टी स्टाइलमा रहेको यामाहाको म्याक्सी स्कुटर एरोक्स १५५ आज नेपाली बजारमा औपचारिक रुपमा लन्च हुने भएको छ । यामाहाको नेपालका लागि आधिकारिक वितरक एमएडब्ल्यु इन्टरप्राइजेज प्रालिले यामाहाको ब्लु स्क्वायर शोरुममार्फत सो स्कुटर लन्च गर्ने बताएको छ ।

विभिन्न शोरुमहरुले केही दिन पहिले देखि नै यो स्कुटरको बुकिङ लिन शुरु गरेका छन् । यो स्कुटर नेपाली बजारमा ४ लाख ७४ हजार ९ सय रुपैयाँमा बिक्री शुरु हुने जनाइएको छ ।

यो हाल सबैभन्दा पावरफुल स्कुटर मानिएकाे छ । यसमा १५५ सीसीको सिंगल सिलिन्डर, लिक्विडकुल्ड इन्जिन छ, जसमा यामाहाको भेरिएबल भल्व एक्चुएसन (भीभीए) टेक्नोलोजीको प्रयोग गरिएको छ । यसले १५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।

सिंगल च्यानल एबीएस रहेको स्कुटरमा ५.५ लिटरको इन्धन ट्यांकी रहेको छ । यसमा दुई लेवल सिट, पावर सकेट सहितको फ्रन्ट पकेट र मल्टी फङसन कि स्विच रहेको छ । १४५ एमएम ग्राउन्ड क्ल्यिरेन्स रहेको यामाहा एरोक्स १५५ मा २४.५ लिटरको ठूलो अन्डरसिट स्टोरेज  रहेकाे छ ।
 

Logo