स्थानीय तह र प्रदेशले सरकारको अनुभुती गर्न पाएन -खिमलाल देवकोटा

स्थानीय तह र प्रदेशले सरकारको अनुभुती गर्न पाएन -खिमलाल देवकोटा


राष्ट्रियसभा सदस्य तथा संघीयता विज्ञ डा.खिमलाल देवकोटाले स्थानीय तह र प्रदेशले सरकार छ भन्ने अनुभुति गर्न नपाएको टिप्पणी गरेका छन् । 

सोमबार बसेको राष्ट्रिय सभाको बैठकमा बोल्दै राष्ट्रियसभा सदस्य देवकोटाले अहिलेसम्म सरकारले प्रहरी समायोजन गर्न नसक्नुमा सरकारी नियतमै खोट देखिएको बताएका हुन् । 

उनले भने,‘अहिले पनि स्थानीय तह र प्रदेशले सरकारको अनुभुति गर्न पाएको छैन । संविधानले निश्चित रुपमा स्थानीयलाई पनि सरकार भन्छ । प्रदेशलाई पनि सरकार भन्छ । तर सरकारको अनुभुति केन्द्रीकृत सोच र मानसिकता केन्द्रीय तहमा छ । नेपाल सरकारमा मैले त्यो पाएको छु । अहिलेसम्म प्रदेशको एकल अधिकार प्रहरीको शान्ति सुरक्षा समायोजन गर्न सकेका छैनौं । मैले सरकारको नियतमा खोट देखेको छु ।’

राष्ट्रियसभा सदस्य देवकोटाले सरकार केन्द्रिकृत सोचभन्दा माथि उठ्न नसकेको बताए ।

Logo