1
1
1

मध्यमर्स्याङ्दी आयोजनाबाट विद्युत उत्पादन घट्न थाल्यो

1
1

लमजुङ ।

मर्स्याङ्दी नदीमा पानीको बहाव घट्दै जाँदा मध्यमर्स्याङ्दी जलविद्युत् आयोजनाबाट २५ मेगावाट विद्युत् उत्पादन घटेको छ ।

बेंसीशहर नगरपालिका–१ दलालमा रहेको जिल्लाको पहिलो ७० मेगावाट क्षमताको सो आयोजनाको उत्पादन ४५ मेगावाटमा झरेको छ । आयोजनामा ३५/३५ मेगावाट क्षमताको दुई वटा टर्वाइन रहेका छन् । आयोजनाका प्रमुख शिवकुमार शाहले भने, “पानी कम भएकाले मङ्सिरको पहिलो साताबाट विद्युत् उत्पादन घट्न थालेको र अझै विद्युत् उत्पादन घट्ने क्रममै रहेको छ । ”

सन् २००८ मा २७ अर्ब २० करोड लागतमा निर्माण कार्य सम्पन्न भएको थियो । यसैगरी ५० मेगावाट क्षमताको माथिल्लो मर्स्याङ्दी ‘ए’ जलविद्युत् आयोजनाको विद्युत् उत्पादनसमेत घट्न थालेको आयोजनाले जनाएको छ । मर्स्याङ्दी गाउँपालिकास्थित भुलभुलेमा आयोजनास्थल रहेको सो आयोजना करिव १६ अर्ब रुपैयाँमा निर्माण सम्पन्न भएको थियो ।

त्यस्तै पाँच मेगावाटको सिउरी, ४.४ मेगावाटको राँधी, तीन मेगावाटको मिदिम करापु र २ मेगावाटको छ्याङ्दी आयोजनाबाट समेत बिजुली उत्पादन कम हुने क्रममा रहेको बताइएको छ । मध्यमर्स्याङ्दी र माथिल्लो मर्स्याङ्दी ‘ए’ आयोजनाको बिजुली राष्ट्रिय प्रसारण लाइनमा जोडिएको छ ।

प्रकाशित: १ पुष २०७६ १७:०८ मंगलबार

1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी