नयाँ भर्सनमा आयो महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा

नयाँ भर्सनमा आयो महिन्द्रा एक्सयूभी ३०० नेपाली बजारमा


नेपालका लागि महिन्द्राको आधिकारिक वितरक अग्नि इन्कर्पोरेटेड प्रालिले महिन्द्राको नयाँ गाडी एक्सयूभी ३०० सार्वजनिक गरेको छ ।

२०१९ देखि नेपाली बजारमा उपलब्ध भएको महिन्द्रा एक्सयूभी ३०० हाल नयाँ भर्सनमा उपलब्ध भएको हो । सो गाडी दुई प्रकारका इन्जिन अप्सनमा उपलब्ध भएका छन् ।

एक्सयूभी(३०० मा भएको १.२ लिटर टर्बो–पेट्रोल इन्जिनले ११० पीएस पावर र २०० एनएम टर्क जेनेरेट गर्छ । इन्जिन ६ स्पीड म्यानुअल गियरबक्ससँग जोडिएको छ । दुईवटा एयरब्याग, एबीएस, सबै पाङ्ग्रामा डिस्क ब्रेक, एलईडी टेल–लाइट र चारवटै पावर विन्डोज सबै मोडलहरूमा स्ट्यान्डर्डको रुपमा उपलब्ध छन्।

सबैभन्दा कम मूल्यको भेरिएन्ट डब्ल्यु४ को मूल्य ४२ लाख ९५ हजार रुपैयाँ छ भने डब्ल्यु ६ को मूल्य ४९ लाख ९५ हजार, डब्ल्यु८ को मूल्य ५७ लाख ५० हजार र सबैभन्दा माथिल्लो भेरिएन्ट डब्ल्यु८ अप्सनलको मूल्य ६० लाख रुपैयाँ तोकिएको छ ।

टीजीडीआई अर्थात टर्बोचार्ज्ड ग्यासोलिन डिरेक्ट इन्जेक्सनद्वारा संचालित एक्सयूभी ३०० टर्बो स्पोर्ट भेरिएन्टले भने अझै बढी पिकअप दिन्छ । यसले १३० पीएस पावर र २३० एनएम टर्क जेनेरेट गर्छ । यसले ५ सेकेन्डमा ० देखि ६० किलोमिटर प्रतिघण्टाको गति लिन सक्छ । ४२ लाख मूल्यको सेगमेन्टमा यो सबैभन्दा छिटो गुड्ने पेट्रोल एसयूभी पर्ने कम्पनीले दावी गरेको छ।

कम्पनीका अनुसार एक्सयूभी(३०० सुरक्षालाई उच्च प्राथमिकतामा राखेर डिजाइन गरिएको छ ।  एसयूभीमा ७ इन्चको टचस्क्रिन इन्फोटेनमेन्ट प्रणाली, स्टेयरिङ माउन्टेड कन्ट्रोल र पुस बटन स्टार्टरस्टप जस्ता उन्नत प्रविधि सुविधाहरूको दायरा पनि छ । थप रूपमा, शीर्ष-अफ-द-लाइन डब्ल्यू८ भेरियन्टले सनरुफ, लेदरको सिट र डुअल-जोन अटोमेटिक क्लाइमेट कन्ट्रोल प्रदान गर्ने कम्पनीले जनाएकाे छ । 

Logo