बैंकहरुको बेसरेट घट्यो, कुन बैंकबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?

बैंकहरुको बेसरेट घट्यो, कुन बैंकबाट पाइन्छ सस्तो ब्याजमा ऋण ?


व्यक्तिगत होस् वा व्यवसायिक प्रयोजनका लागि रकम अपुग भए मानिस ऋण लिन बैंकसम्म पुग्छ । कुनै बेला यस्तो पनि थियो, जहाँ मानिसले चर्को ब्याजमा साहुसँग ऋण लिने गर्थे । तर अहिले बैंकहरु खुलेका छन् र मानिसलाई भरपर्दो ठाउँ मिलेको छ । महिनाभरीको कमाइले नपुगेपछि नयाँ कामको सुरुवात गर्न ऋण लिन आवश्यक पर्छ । तर कुन बैंकमा कहाँ सस्तो ब्याजमा ऋण पाइन्छ भन्ने कुराबारे भने धेरैलाई थाहा नहुन सक्छ । 

बैंकहरुले सार्वजनिक गरेको चालु आर्थिक वर्ष २०७९/८० को तेस्रो त्रैमासको वित्तीय विवरण अनुसार बैंकको आधारदर (बेस रेट) घट्ने क्रममा छ । तर एकल अंकमा आउन भने समय लाग्ने देखिएको छ । 

नेपाल राष्ट्र बैंकले प्रकाशित गर्ने हरेक त्रैमासको वित्तीय विवरणमा उल्लेख गरिएको औसत आधार दरलाई आधार मानेर कर्जाको ब्याजदर निर्धारण गर्ने व्यवस्था गरेको छ । त्यसैले बैंकहरुको आधार दर बढ्दा कर्जाको ब्याजदर बढ्छ भने घट्दा घट्छ । त्रैमासमा प्रकाशित गरेको औसत आधार दरमा कर्जाको जोखिम अनुसार त्यसलाई व्यवस्थापन गर्न बैंकहरुले प्रिमियम थप गरी कर्जाको ब्याजदर निर्धारण गर्छन् । कुनै व्यक्ति वा व्यवसायलाई ऋण प्रवाह गर्दा आधार दरमा थप गरिने प्रिमियम दर स्पष्ट रुपमा उल्लेख गर्नुपर्ने राष्ट्र बैंकले जनाएको छ । 

कर्जाको ब्याजदर घटबढ गर्न मिल्ने भए पनि आधार दरमा लिने प्रिमियम भने बैंकहरुले आफै बढाउन मिल्दैन। तर, प्रिमियम घटाई कर्जाको ब्याजदर भने घटाउन सक्छन् ।

राष्ट्र बैंकका अनुसार कर्जाको ब्याजदर घटबढ गर्न मिल्ने भए पनि आधार दरमा लिने प्रिमियम भने बैंकहरुले आफै बढाउन मिल्दैन् । तर, प्रिमियम घटाई कर्जाको ब्याजदर भने घटाउन सक्छन् । आधार दर बढ्यो भने आफैं कर्जाको ब्याजदर बढ्ने र घट्दा घट्ने हुन्छ । तर, ऋणीले जुन उद्देश्यका लागि कर्जा लिएको हो, सो उद्देश्यमा कर्जा प्रयोग नगरेको र धितो सम्पत्तिमा हानीनोक्सानी पुर्याउने कार्य गरेको पाइएमा निर्देशन अनुसारको हर्जना दर थप गर्न भने सकिने राष्ट्र बैंकले जनाएको छ ।

सबैभन्दा सस्तो ऋण कुन बैंकमा पाइन्छ ?

No description available.

चालु आर्थिक वर्ष २०७९/८० को दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा बैंकहरुको आधार दर ०.२६ प्रतिशतले घटेको छ । बैंकहरुले आधार दरमा अधिकतम ५ प्रतिशतसम्म प्रिमियम जोडेर कर्जाको ब्याजदर तय गर्ने गरेको नेपाल बैंकर्स संघले जनाएको छ । सञ्चालनमा रहेको २१ वाणिज्य बैंकमध्ये १७ वटा वाणिज्य बैंकहरुको बेस रेट घटेको छ भने ४ वटा बैंकको बढेको छ । 

बैंकहरुको २०७९ चैत मसान्तको विवरणअनुसार सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य र सबैभन्दा धेरै आधार दर सनराइज बैंकको रहेको छ ।

बैंकहरुको २०७९ चैत मसान्तको विवरणअनुसार सबैभन्दा कम आधार दर राष्ट्रिय वाणिज्य र सबैभन्दा धेरै आधार दर सनराइज बैंकको रहेको छ । सबैभन्दा कम ब्याजदर हुनेमा ५ वटा बैंक छन् । जसमा राष्ट्रिय वाणिज्य बैंकको ८.६, स्ट्यान्डर्ड चार्टर्ड बैंकको ९.२७, नेपाल बैंकका ९.९२, एभरेष्ट बैंकको ९.९४ र नबिल बैंकको ९.९९ प्रतिशत छ ।  

१० प्रतिशत भन्दा धेरै आधार दर हुनेमा ८ वटा बैंक छन् । जसमा नेपाल इन्भेष्टभमेन्ट मेगा बैंकको १०.२६ प्रतिशत, कृषि विकास बैंकको १०.२७ प्रतिशत, सिद्धार्थ बैंकको १०.४५, एनआईसी बैंकको १०.४८ प्रतिशत, एनएमबी बैंकको १०.६२ प्रतिशत, सानिमा बैंकको १०.६३ प्रतिशत, ग्लोबल बैंकको १०.६९ प्रतिशत र कुमारी बैंकको १०.९३ प्रतिशत रहेको छ । 

११ प्रतिशतभन्दा धेरै आधार दर ८ वटा बैंकमा छ । जसमा प्राइम बैंकको ११.१ प्रतिशत, हिमालयनको ११.०६ प्रतिशत, प्रभुको ११.०७ प्रतिशत, नेपाल एसबीआईको ११.०८ प्रतिशत, लक्ष्मीको ११.०९ प्रतिशत, सिटिजन ११.१४ प्रतिशत, माछापुच्छे«को ११.३१ प्रतिशत र सनराइज बैंकको ११.३४ प्रतिशत रहेको छ । 

यस्तै, दोस्रो त्रैमासको तुलनामा तेस्रो त्रैमासमा भने नेपाल बैंक, नेपाल एसबीआई बैंक, हिमालयन बैंक र माछापुच्छे« बैंकको आधार दर भने बढेको छ । बैंकहरुले वैशाख १ गतेदेखि लागु हुने गरी निक्षेपको ब्याजदर घटाएका छन् । व्यक्तिगत मुद्दती निक्षेपमा ११ प्रतिशत र संस्थागतमा ९ प्रतिशत रहेको ब्याजदर वैशाख १ गतेदेखि क्रमशः ९.९९ प्रतिशत र ७.९९ प्रतिशत कायम भएको छ । यस्तै बचतमा ६ देखि ८ प्रतिशत रहेको ब्याजदर ५.४ देखि ७.४ प्रतिशत कायम गरेका छन् । बचतको ब्याज घटेपछि निक्षेप लागत घट्दा कोष लागत घटेर आधार दर पनि घट्छ । बैंकर्सका अनुसार चालु आवको अन्तिम महिना असारमा थप बेसरेट घटी साउनबाट कर्जाको ब्याजदर पनि थप घट्नेछ ।

बैंकर्सका अनुसार चालु आवको अन्तिम महिना असारमा थप बेसरेट घटी साउनबाट कर्जाको ब्याजदर पनि थप घट्नेछ ।

कसरी गरिन्छ बैंकहरुको आधार दर निर्धारण ?
बैंकहरुले आधार दर गणना गर्दा निक्षेप लागत र कोष लागत सबैभन्दा महत्वपूर्ण हुन्छ । त्यसपछि संस्था सञ्चालनका लागि गर्नुपर्ने खर्च, शून्य प्रतिफलमा अनिवार्य नगद अनुपात कायम गर्दा परेको लागत, निक्षेप लागत भन्दा कम प्रतिफल प्राप्त हुने गरी बैधानिक तरलता अनुपात कायम गर्दाको लागत र संस्थाका लगानीकर्ताहरुको पूँजीगत लगानीको लागि प्रदान गर्नुपर्ने सामान्य प्रतिफल कर्जाको आधार दर गणना गर्दा समावेश गर्नुपर्छ । 

राष्ट्र बैंकका अनुसार आधार दरलाई सन्दर्भदरको रुपमा लिई बैंक तथा वित्तीय संस्थाहरुले प्रबाह गरेको ऋणको प्रकार र भुक्तानी अवधिका आधारमा प्रिमियम दर तोकी मासिक रुपमा कर्जाको ब्याजदर निर्धारण गर्नुपर्छ । 

Logo