नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य घट्याे

नेपाली बजारमा आज सुनचाँदीकाे मूल्य घट्याे


नेपाली बजारमा आज सुनको मूल्य ५ सय रूपैयाँले घटेकाे  छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार  बिहिबार १ लाख ९ हजार ६०० रूपैयाँमा काराेवार भएकाे सुन  आज  एक लाख ९ हजार १ सय रूपैयाँमा काराेवार भइरहेकाे  छ । त्यसैगरी तेजाबी सुन प्रतितोला १ लाख ८ हजार ६ सय  रुपैयाँमा कारोबार भइरहेको छ।

त्यसैगरी, चाँदीको मूल्य  आज ५ रूपैयाँले घटेकाे  छ। बिहिबार  एक हजार ४ सय १५ रुपैयाँमा कारोबार भएकाे चाँदि आज  एक हजार ४ सय १० रूपैयाँमा काराेवार भइरहेकाे  छ ।  

Logo