काठमाडौं ।
सिभिल बैंक लिमिटेडको नवौं वार्षिक साधारण सभा आइतबार काठमाडौंमा सम्पन्न भएको छ । उक्त साधारण सभाबाट संचालक समितिले प्रस्ताव गरे बमोजिम आर्थिक वर्ष ०७५/०७६ को मुनाफाबाट प्रतिशेयर ६.५७ का दरले हुन आउने ५२ करोड ५८ लाख २२ हजार सात ७०१ रुपैया नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मतीले स्वीकृत गरेको छ ।
साथै साधारण सभाले अन्य उपयुक्त बैंक तथा वित्तीय संस्थाहरु एक आपसमा गाभ्ने/गाभिन ( मर्जर ) वा प्राप्ति गर्ने/हुने वा स्वदेशी/विदेशी रणनीतिक साझेदारीमा जान आवश्यक सहमती र सम्झौता गर्ने लगायत प्रचलित नियम, कानून अनुसार बैंकको तर्फबाट गर्नुपर्ने सम्पूर्ण कार्य गर्न संचालक समितिलाई पूर्ण अख्तियारी प्रदान गर्ने निर्णय गरेको छ ।
सिभिल बैंकले आधुनिक प्रबिधियुक्त बैंकिङ्ग सेवा तथा सुबिधामा विशेष ध्यान दिंदै ग्राहकसेवालाइ निरन्तर रुपमा चुस्त दुरुस्त र सुरक्षित बनाउँदै लैजाने योजना रहेको बैंकले जनाएको छ ।
नेपालमै पहिलो पटक बचतकर्ताहरुले सात वर्षसम्मको अवधिको लागि समान मासिक रकम बचत गरी योजनाको अन्त्यमा साँवा तथा ब्याजको एक्मुष्ठ रकमको लाभ पाउने एन्यूटी डिपोजिट निक्षेप योजना ल्याएको सिभिल बैंकको शाखा १०२ र एटिएम संख्या ७६ पुगेको छ ।
प्रकाशित: ७ पुष २०७६ १०:५७ सोमबार