खराब कर्जा कम भएको बैंकमा लगानीकर्ताको बढ्यो आकर्षण

खराब कर्जा कम भएको बैंकमा लगानीकर्ताको बढ्यो आकर्षण


देशभर सञ्चालनमा रहेका २१ वाणिज्य बैंकले आर्थिक वर्ष २०७९/०८० को तेस्रो त्रैमासिक वित्तीय विवरण सार्वजनिक गरे । बैंकहरुले सार्वजनिक गरेको विवरण हेरी सेयर लगानीकर्ता सेयर कारोबार गर्न थालेका छन् । 

विशेषगरी खराब कर्जा कम भएको र लाभांश वितरण गर्न सक्ने क्षमता भएका बैंकको सेयरमा लगानीकर्ता बढी आर्कषण भएका हुन् । चालू आर्थिक वर्षको तेस्रो त्रैमासिकमा बैंकहरूको खराब कर्जा अत्याधिक वृद्धि भएपनि ६ वटा बैंकको भने १ प्रतिशतको हाराहारीमा रहेको छ । उनीहरुले सेयर लगानीकर्तालाई अर्बौ रुपैयाँ लाभांश वितरण गर्नसक्ने देखिएको छ । 

खराब कर्जा बढ्दा कर्जा नोक्सानी (प्रोभिजन) छुट्याउनुपर्ने हुन्छ जसले लाभांश बढ्ने क्षमता घट्छ । खराब कर्जा कम हुने बैंकहरू लगानीको हिसाब र प्रतिफलको आधारमा राम्रो मानिन्छन् जसकारण यतिबेला खराब कर्जा कम भएका बैंकहरूको सेयर कारोबारमा उल्लेख्य वृद्धि भएको छ । 

खराब कर्जा कम हुने बैंकहरू लगानीको हिसाब र प्रतिफलको आधारमा राम्रो मानिन्छन् जसकारण यतिबेला खराब कर्जा कम भएका बैंकहरूको सेयर कारोबारमा उल्लेख्य वृद्धि भएको छ । 

एभरेष्ट बैंक, एनआईसी एसिया बैंक, नेपाल एसबीआई बैंक, स्टायान्डर्ड चार्टर्ड बैंक, लक्ष्मी बैंक र नबिल बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ । लगानीकर्ताहरुले बैंकहरुको वित्तीय विवरण हेरेर प्रतिफल दिन सक्ने कम्पनीमा लगानी थप्ने र कमजोर कम्पनीको सेयर बिक्री गर्ने गर्दछन्।  

एभरेष्ट बैंक
एभरेष्ट बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढ्दै गएको छ ।बैंकको खराब कर्जा सबै भन्दा कम ०.७० प्रतिशत छ। तेस्रो त्रैमासिकमा बैंकले २ अर्ब ४६ करोड रुपैयाँ नाफा कमायो । यस्तै, बैंकको वितरण योग्य नाफा पनि ३ अर्ब ३६ करोड ३३ लाख पुगेको हुँदा बैंकको सेयरमा लगानीकर्ताको आकर्षण बढेको छ। यस बैंकको खराब कर्जा कम हुँदा कर्जा नोक्सानी समेत सामान्य रहेको छ। बैंकको अधिकांश सूचकमा देखिएको प्रगतिका कारण बैंकले यो वर्षको नाफाबाट आगामी वर्ष राम्रो लाभांश वितरण गर्न सक्ने देखिँदा लगानीकर्ता बैंकको सेयरमा भुम्मिएका छन्। एभरेष्ट बैंकको सेयरमूल्य बढ्दै जान थालेको छ। हाल बैंकको सेयरमूल्य ५३३ रुपैयाँ पुगेको छ। 

एनआईसी एशिया बैंक 
एनआईसी एशिया बैंकको खराब कर्जा ०.८५ प्रतिशत मात्र छ । तेस्रो त्रैमासिकमा बैंकले ४ अर्ब १ करोड रुपैयाँ नाफा गरेको छ। यस्तै बैंकको वितरण योग्य नाफा पनि ३ अर्ब २ करोड ३१ लाख रुपैयाँ पुगेको छ । खराब कर्जा कम हुनु, खुद नाफा बढ्नु र वितरण योग्य नाफा पनि धेरै हुँदा सेयर लगानीकर्ताका एनआईसी एसिया बैंकको सेयर खरिद गर्नु राम्रो हो।अघिल्ला दुई वर्षमा बैंकको प्राथमिक पुँजी कोष (सीसीएआर) कायम गर्न नसक्दा लाभांश वितरण गर्न केन्द्रीय बैंकले रोक लगाएको थियो। 

यो वर्ष पहिलो र दोस्रो त्रैमासिकमा बैंकको सीसीएआर सुधार हुँदै जादा आगामी वर्ष लाभांश वितरण गर्ने देखिँदा बैंकप्रति लगानीकर्ताको आकर्षण बढ्दै गएको हो । साथै,  निरन्तर दुई वर्ष लाभांश वितरण गर्न नपाएको एनआईसी एसिया बैंकको सेयरमूल्य सर्वाधिक छ। दुई वर्ष लगानीकर्ताको हात खाली गरेको यस बैंकले यो वर्ष उच्च प्रतिफल लिनेमा लगानीकर्ताहरु विश्वस्त देखिएका छन् । हाल बैंकको सेयरमूल्य ७१५रुपैयाँ रहेको छ । 

स्ट्यान्डर्ड चार्टर्ड बैंक 
स्ट्यान्डर्ड चार्टर्ड बैंकको सेयर पनि अत्याधिक कारोबार हुन थालेको छ । बैंकको खराब कर्जा ०.९ प्रतिशत रहेको छ । बैंकको लाभांश वितरण गर्ने रकम पनि बढेर २ अर्ब ५६ करोड ५९ लाख रुपैया पुगेको छ । यस्तै बैंकको सबै सूचकमा देखिएको सुधारका कारण यतिबेला लगानीकर्ता बैंकको सेयर खरिदमा गर्न लागिपरेका छन् । तेस्रो त्रैमासिकमा बैंकले २ अर्ब ६१ करोड रुपैयाँ नाफा कमायो । हाल बैंकको सेयरमूल्य ५२८ रुपैयाँ रहेको छ । 

नेपाल एसबीआई बैंक 
एसबीआई बैंकको खराब कर्जा ०.९७ प्रतिशत रहेको छ । बैंकको खराब कर्जा पनि न्यून हुने र अन्य सूचकमा आएको प्रगतिका कारण बैंकको सेयर कारोबार धेरै भएको देखिन्छ । बैंकको लाभांश वितरण गर्ने रकम पनि १ अर्ब १६ करोड ७५ लाख रुपैया रहेको छ । बैंकले चैत मसान्तसम्ममा १ अर्ब ८० करोड नाफा गरेको छ।हाल बैंकको सेयरमूल्य ३३३ रुपैयाँ रहेको छ । 

लक्ष्मी बैंक 
चैत मसान्तसम्ममा लक्ष्मी बैंकले खराब कर्जा १.८२ प्रतिशत रहेको छ । बैंकले नाफामा भने राम्रो प्रगति गरेको छ। कर्जा नोक्सानी बढेपनिअरु बैंकहरूको तुलनामा खराब कर्जा २ प्रतिशत तल हुँदा र नाफामा राम्रो प्रगति हुँदा बैंकको सेयर कारोबार धेरै हुन थालेको छ ।  यस बैंकले वितरण योग्य नाफा १ अर्ब ३३ करोड ५८ लाख रुपैयाँ रहेको छ भने खुद नाफा १ अर्ब २६ करोड ६५ लाख रुपैयाँ आर्जान गरेको छ । हाल बैंकको सेयरमूल्य १८७ रुपैयाँ रहेको छ । 

कर्जा नोक्सानी बढेपनिअरु बैंकहरूको तुलनामा खराब कर्जा २ प्रतिशत तल हुँदा र नाफामा राम्रो प्रगति हुँदा बैंकको सेयर कारोबार धेरै हुन थालेको छ ।

नबिल बैंक 
नबिल बैंकले चालू आवको तेस्रो त्रैमासिकमा सबैभन्दा धेरै नाफा कमाएको छ । बैंकले ५ अर्ब ११ करोड ६१लाख रुपैयाँ नाफा कमाएको छ । यस्तै बैंकको खराब कर्जा भने ३.८७ प्रतिशत रहेको छ । तर, बैंकको खराब कर्जा बढी भएपनि लगानीकर्ता यस बैंकको सेयरमा आकर्षण देखिएका छन् । बैंकको कर्जा नोक्सानी बढ्दा समेत नाफामा पहिलो बनेको छ।वाणिज्य बैंकहरूमा सर्वाधिक लाभांश दिँदै आइरहेको नबिल बैंकले सर्वाधिक नाफा कमाउन सफल हुँदा लगानीकर्ता नबिल बैंकको सेयर खदिर गर्न थालेका छन्।हाल बैंकको सेयरमूल्य ५९९ रुपैयाँ रहेको छ ।

Logo