पोखरामा पहिलो पटक नेपाल-चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिवल हुने

पोखरामा पहिलो पटक नेपाल-चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिवल हुने


नेपाल पर्यटन बोर्ड, नेपाल स्थित चिनीयाँ दुतावास र पोखरा महानगरपालिकाको आयोजनामा आगामी असार ८ र ९ गते पोखरामा पहिलो पटक नेपाल-चीन फ्रन्डसीप ड्रागन वोट रेस फेस्टिवल आयोजना हुने भएको छ ।

कार्यक्रममा पोखरा पर्यटन परिषद, नेपाल चीन ओभरसीज एशोसिएसन सह आयोजकका रहने  रुपमा रहने नेपाल पर्यटन बोर्डले जनाएको छ।  दुई देशबीच सांस्कृतिक तथा जनस्तरको सम्बन्ध सुमधर बनाउन नेपालमा चीनिया पर्यटक बढाउने उद्देश्यले आयोजना गर्न लागिएको  हो।

कार्यक्र सम्बन्धमा बिहीबार नेपाल पर्यटन बोर्ड र चिनीयाँ दुतावासका अधिकारीबीच सम्झौतापत्रमा हस्ताक्षर भएको छ। पोखरा महानगरपालिकाका मेयर धनराज आचार्य र नेपाल पर्यटन बोर्डका सदस्य मदन आचार्यको उपस्थितीमा बोर्डमा भएको हस्ताक्षर कार्यक्रममा नेपाल पर्यटन बोर्डका तर्फबाट बोर्डका कार्यकारी प्रमुख डा.धनन्जय रेग्मी र नेपालस्थित चिनीयाँ दुतावासको तर्फबाट डेपुटी चिफ अफ मिसन डीसीएम वाङ जिनले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् ।

यस प्रकारको वोट रेस फेस्टिभल दक्षिण एशियामै पहिलो पटक आयोजना गर्न चिनीयाँ पक्षले जानकारी दिएको छ । रेसका लागि चीनबाटै आठ वटा विशेषखालका वोट सहित अन्य सहभागीहरु नेपाल आउने छन् । फेस्टिवलमा नेपालका सातैवटै प्रदेशबाट सहभागीता गराइने छ । 

कार्यक्रममा बोल्दै पोखराका मेयर धनराज आचार्यले यस प्रकारको कार्यक्रमले नेपाल कै समग्र पर्यटनमा नयाँ आयाम थप्ने बताए । उनले यो कार्यक्रमले पोखराको पर्यटनमा नयाँ प्रडक्ट थपिने र यसलाई हरेक वर्ष आयोजना गरिने बताएका छन् ।

बोर्डका कार्यकारी प्रमुख डा. धनन्जय रेग्मीले वोट रेस फेस्टिवलका माध्यमबाट पोखराको पर्यटलाई थप चलायमान बनाउन सहयोग पुग्ने बताए।  उनले त्रिपक्षीय सहकार्य तथा अन्य सरोकारवालाहरुको सहभागीतामा हुने यो कार्यक्रमले धेरै पर्यटकलाई आर्कषित गर्ने समेत जनाए। 

चिनीयाँ दुतावासका डीसीएम वाङजिनले पोखरा चीनियाँ पर्यटकको लागि आर्कषक गन्तव्य भएको उल्लेख गर्दै कार्यक्रमका माध्यमबाट दुवै देशबीचको सांस्कृतिक  तथा जनस्तरको सम्बन्ध थप प्रगाढ हुने बताए।

उनले यस प्रकारको कार्यक्रम दक्षिण एशियामै पहिलो पटक आयोजना गरिएको र यसलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । सो अवसरमा फुड फेस्टिवल समेत आयोजना गरिने भएको  छ ।  

Logo