४ भदौ २०७९ शनिबार
1
1
1
1

माइतीघरमा सर्लाहीका उखु किसानहरुको धर्ना

1
1
1

काठमाडौं ।

सर्लाहीका उखु किसानहरु केही दिनदेखि काठमाडौंको माइतीघरमा धर्नामा बसेका छन् ।

चिनी मिलहरुले विगत ७ वर्षदेखि उखुको भुक्तानी नगरेको भन्दै उनीहरु धर्नामा बसेका हुन् । २०७० सालबाट उखुको भूक्तानी नपाइएपछि धर्नामा बस्नु परेको उखु किसान हरिश्याम रायले बताए । यसअघि पटक पटक भएका सम्झौताहरु कार्यान्वयन नभएको उनको भनाई छ । राईका अनुसार २०७० सालदेखि अहिलेसम्मको करिब ७० करोड बढी भूक्तानी बाँकी रहेपनि अहिलेसम्म कुनै सुनुवाई भएको छैन । अन्नपूर्ण मिलले ५० करोड र महालक्ष्मी मिलले २१ करोड भूक्तानी गर्न बाँकी रहेको उनले बताए ।

काठमाडौं आएपछि पुस महिनाको चिसोमा खाने र बस्ने ठेगान समेत नपाएका उखु किसानहरु केहीदिन यता माइतीघरमा नियमित धर्नामा बस्ने गरेका छन् । भुक्तानी नदिएसम्म उखु नकाट्ने र मिलहरु कुनै पनि हालतमा चल्न समेत नदिने किसानहरुले चेतावनी दिएका छन् । किसानहरुले उखुको मूल्य पनि सरकारले तोके अनुसार कार्यान्वयन हुनुपर्ने बताउँदै आएका छन् । मिलहरुले अहिले आफुखुसी ५ सय रुपैयाँ दिँदै आएकोमा सरकारले निर्धारण गरेको ५३६/५६ प्रतिक्विन्टल कायम गर्नुपर्ने माग किसानहरुको छ ।

प्रकाशित: १३ पुष २०७६ १६:३७ आइतबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी