आयल निगमले घटायाे डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति ?

आयल निगमले घटायाे डिजेल र मट्टीतेलको मूल्य, प्रतिलिटर कति ?


नेपाल आयल निगमले डिजेल र मट्टीतेलको मूल्य घटाएको छ। 

 निगमले आज राति १२ बजेदेखि लागू हुने गरि डिजेल र मट्टीतेलको मूल्यमा प्रतिलिटर १० रुपैयाँले घटाएको हो। अन्य इन्धनको मूल्य भने यथावत रहेको निगमले जनाएको छ। 

अन्तर्राष्ट्रिय बजारमा इन्धनको मूल्य घटेको भन्दै निगमले केही इन्धनको मूल्य समायोजन गरेको हो । अब नेपाली बजारमा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर १५५ रुपैयाँ कायम रहने भएको छ ।

 

Logo