४ भदौ २०७९ शनिबार
1
1
1
1

फोरजी चलाउन कस्तो मोबाइल प्रयोग गर्ने ?

1
1
1

काठमाडौं ।

नेपाल टेलिकमले १८०० मेगाहर्ज र ८०० मेगाहर्ज ब्यान्डको रेडियो तरंगमार्फत फोरजी डाटा सेवा उपलब्ध गराएको छ । ग्रामीण क्षेत्रका विकट स्थानदेखि बढी जनघनत्व भएका सहरी क्षेत्रका घरभित्र फोरजी सेवामार्फत डाटा तथा गुणस्तरीय भ्वाइस सेवा उपलब्ध गराउन ८०० तथा १८०० मेगाहर्ज फ्रिक्वेन्सी दुवै प्रयोग गरेको टेलिकमले जनाएको छ ।

हाल प्रयोगमा रहेका अधिकांश मोबाइल सेट १८०० मेगाहर्जमा चलाउन सकिने भए तापनि ८०० मेगाहर्ज प्रयोग गर्न सकिने मोबाइल सेट भने सीमित मात्र उपलब्ध भएको पाइन्छ । मुलुकका विकट, दुर्गम र अधिकांश ग्रामीण भेगमा ८०० मेगाहर्जमा फोरजी सेवा उपलब्ध भइरहेकाले फोरजी सेवा प्रयोगमा ल्याउन यही ब्यान्ड चल्ने मोबाइल सेट प्रयोग गर्नुपर्दछ ।

फोरजीको अधिकतम उपादेयताका लागि दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु पनि आवश्यक छ । उपयुक्त मोबाइल सेटको अभावमा फोरजी सेवाबाट अधिकतम फाइदा लिन नसकिने हुन्छ । कम्पनीले हाल देशका विभिन्न सहर तथा ग्रामीण क्षेत्रमा समेत फोरजी सेवा विस्तार गरिरहेको छ । फोरजी डाटा सेवामार्फत अधिकतम फाइदा लिन १८०० तथा ८०० मेगाहर्ज दुवै ब्यान्डमा चल्ने मोबाइल सेट प्रयोग गर्नु आवश्यक हुन्छ ।

नयाँ मोबाइल सेट किन्दा यसको बक्समा उपलब्ध विस्तृत प्राविधिक विवरण हेरेर कुन मेगाहर्जमा चल्ने मोबाइल सेट हो भनी पत्ता लगाउन सकिन्छ । त्यसैगरी, मोबाइल चलाउँदा सेटको सेटिङमा नेटवर्कलाई जहिले पनि फोरजी नेटवर्क प्राथमिकतामा राख्नुपर्छ । यसो भएमा आवश्यकता अनुसार फोरजी वा अन्य प्रविधि प्रयोग गर्न सकिन्छ ।

कम्पनीले निकट भविष्यमा २३०० मेगाहर्जमा समेत फोरजी सेवा सञ्चालन गर्ने योजना बनाएको छ । यसको उपलब्धता सँगै ग्राहकले फोरजी सेवालाई अझै बढी सहजतासाथ अझ तीव्र गति र गुणस्तरमा सेवा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ । हाल कम्पनीले मुलुकका ६४ जिल्लामा फोरजी सेवा उपलब्ध गराइसकेको छ । यस सेवाका प्रयोगकर्ता मुलुकभर गरी २८ लाख नाघेका छन् ।

प्रकाशित: १८ पुष २०७६ ११:२० शुक्रबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी