२० मंसिर २०७८ सोमबार

सनराइज बैंक र भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सम्झौता

काठमाडौं ।

सनराइज बैंक लिमिटेड तथा भक्तपुर घरेलु तथा साना उद्योग संघबीच सम्झौता भएको छ ।

मुलुकभित्र नै रोजगार सृजना गरि आर्थिक उन्नति गर्ने नेपाल सरकारको नीति तथा केन्द्रीय बैंकको निर्देशन बमोजिम उपलब्ध हुने विमा सुविधा सहितको व्याज अनुदान, कर्जा तथा निर्यातमा नगद प्रोत्साहन जस्ता कोष तथा गैह्र कोषमा आधारित सहुलियतपूर्ण कर्जा सनराईज बैंकका शाखाहरु मार्फत उपलब्ध गराउने सम्बन्धि सम्झौता भएको हो ।

बैंकको प्रधान कार्यालय, गैह्रीधारामा भएको एक कार्यक्रममा भक्तपुर घरेलु तथा साना उद्योग संघको तर्फबाट संघका अध्यक्ष वीरेन्द्र जटि र बैंकको तर्फबाट व्यापार बैंकिङ्ग प्रमुख हरि प्रसाद आर्चायले सम्झौतापत्रमा हस्ताक्षर गरेका थिए ।

आगामी दिनमा यस्ता जानकारीमुलक कार्यक्रमलाई देशको अन्य भागमा रहेको सनराइज बैंकका शाखाहरुबाट समेत निरन्तरता दिने बैंकले जानकारी गराएको छ ।

प्रकाशित: १८ पुष २०७६ ११:४३ शुक्रबार

केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी