बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

बैंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ


बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी कचनकवल गाउँपालिका–५ घर भएका ३४ वर्षीय धर्मनारायण गणेशलाई प्रहरीले पक्राउ गरेको छ । 

उच्च अदालत पाटनको २०७८ फागुन ९ गतेको फैसलाले बैंकिङ कसूर मुद्दामा ३ दिन कैद, ७ लाख ५२ हजार रूपैयाँ जरिवाना र पीडित राहत कोषमा ३० हजार ८० रूपैयाँ जम्मा गर्नुपर्ने सजाय ठहर भई फरार रहेका उनलाई जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरीले पक्राउ गरेको हो । 

उनलाई फैसला कार्यन्वयनको लागि जिल्ला अदालत झापा चन्द्रगढीमा उपस्थित गराइएकोमा अदालतको आदेशले कैद भुक्तानको लागि कारागार कार्यालय झापा पठाइएको छ ।

Logo