तरकारी र फलफूलको मूल्य आज कति ?

तरकारी र फलफूलको मूल्य आज कति ?


कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शनिबारका लागि सार्वजनिक गरेको तरकारी तथा फलफूलको मूल्य अनुसार थोक बजारमा तरकारीको मूल्य केही सस्तो भएको छ। 

जसअनुसार नेपाली ठूलो गोलभेँडा प्रतिकेजी न्युनतम ५० रुपैयाँ, रातो आलु (मुडे) ३५रुपैयाँ, सेतो आलु २९ रुपैयाँ,स्थानीय काउली ६० रुपैयाँ, कागती १८० रुपैयाँ, सुकेको प्याज ३५,रुपैयाँ ,बन्दा १० रुपैयाँ प्रतिकेजी मूल्य निर्धारण गरिएको छ।

त्यस्तै, लोकल गाजरको न्यूनतम मूल्य प्रतिकेजी ६०, तने बोडी ३०, राजमा घिउ सिमी ९०, लोकल सिमी ६०, भटमासकोशा १००,मटरकोशा १२०, तिते करेला ३०,लौका ४०,परवल ८०,पाकेको फर्सी ४५, घिरौंला ४५,भिण्डी ५०, सलगम ७०,स्कूस ४०, कन्य च्याउ १०० रुपैयाँ, डल्ले च्याउ २५०, कुरीलो ३५०,ब्रोकाउली ७०,तोफु ९०,लोकल काँक्रो १०० रुपैयाँ प्रतिकेजीमा बिक्री भइरहेको छ। 

चमसूरको साग,११०,पालुंगो साग ११०, मेथिको साग ११०, तोरीको साग ४० हरियो लसुन ११०, रायो साग ४०, धनियाँ ६० रुपैयाँ प्रतिकेजी तोकिएको छ। त्यस्तै, कालो अंगुरको न्यूनतम मूल्य प्रतिकेजी ३०० रुपैयाँ, हरियो अंगुर २०० रुपैयाँ, तरबुजा ४०,भारतीय दसहरी आँप २२०,मौसम १५०, अनार २५०, केरा दर्जनको १४०, फूजी स्याउ २५०,आभोकाडो ४०० र मेवा नेपाली ६० रुपैयाँ तोकिएको कालीमाटी फलफूल बजार विकास समितिले जनाएकाे छ। 

Skip This
Logo