आइएमई पे ले ‘१ रुपैयाँ मा के, सामसुङ इन आइएमई पे’ नामक खेल आफ्नो एपमा सार्वजनिक गरेको छ ।
जेठ १० गते देखि जेठ ७ गते सम्म चल्ने यस अफरमा आइएमई पे का सम्पूर्ण प्रयोगकर्ताहरूले केवल १ रुपैयाँमा सो खेल खेलेर सामसुङको ग्यालेक्सी ए-१४ ५जी स्मार्टफोन जित्ने मौका पाउन सक्नेछन् ।
प्रयोगकर्ताहरुले यो खेल आइएमई पेएप को होमपेजमा "रु १ मा के" ब्यानरमा गएर खेल्न सक्नेछन् । यस एकहप्ते अफरमा प्रयोगकर्ताहरुले धेरै पटक १ रुपैयाँ तिरी सो खेल खेल्न सक्नेछन् ।
यस अफरको अन्त्यमा १ भाग्यशाली विजेताको घोषणा आइएमई पेको सामाजिक सन्जाल मार्फत हुनेछ । साथै यस अफरको अन्त्यमा अन्य सम्पूर्ण सहभागीहरूको पैसा फिर्ता पनि गरिने कम्पनीले जनाएकाे छ ।
प्रकाशित: ११ जेठ २०८० २१:४६ बिहीबार