प्रभु लाइफ इन्स्याेरेन्सको लाभांश पारित गर्न साधारणसभा आह्वान

प्रभु लाइफ इन्स्याेरेन्सको लाभांश पारित गर्न साधारणसभा आह्वान


प्रभु लाइफ इन्स्याेरेन्सले आर्थिक वर्ष २०७७/०७८ को वार्षिक साधारणसभा जेठ २६ गते गर्ने भएको छ।

सभामा उक्त आर्थिक वर्षको नाफाबाट सेयरधनीलाई ९.८  प्रतिशत  बोनस सेयर र कर प्रयोजनका लागि ०.५१५८ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पेस हुनेछ।

प्रभु लाइफ र महालक्ष्मी लाइफ इन्स्याेरेन्स एक-आपसमा गाभिने सम्बन्धी प्रस्ताव पारित गर्ने एजेन्डा रहेको छ। यी दुई कम्पनी गाभिएर ‘प्रभु महालक्ष्मी लाइफ इन्स्याेरेन्स’ को नामबाट एकीकृत कारोबार गर्ने प्रस्ताव पनि पेस हुनेछ।
 
सम्पति तथा दायित्व मूल्यांकन प्रतिवेदनका आधारमा कायम १ः१ सेयर स्वाप अनुपात स्वीकृत गर्ने प्रस्ताव पनि रहेको छ। गाभिए पश्चात कम्पनीको अधिकृत,जारी तथा चुक्ता पुँजी वृद्धि गर्ने प्रस्ताव सभामा लगिने भएको छ।

साधारण सभा प्रयोजनका लागि प्रभु लाइफले शुक्रबार बुक क्लोज गर्दैछ। सभा लैनचौर ब्यांकेट, लैनचौर काठमाडौँमा बिहान ११ बजे सुरु हुनेछ।

Logo