आईक्युब इलेक्ट्रिक स्कुटर ५० हजार किमी चलाउदा ६ हजार ४६६ भारु मात्र खर्च हुने

आईक्युब इलेक्ट्रिक स्कुटर ५० हजार किमी चलाउदा ६ हजार ४६६ भारु मात्र खर्च हुने


टीभीएस मोटर्सको इलेक्ट्रिक स्कुटर आईक्युब राम्रो सेल्स गर्नका लागि भारतमा मेगा डेलिभरी प्रोग्राम गरिएको छ।

कम्पनीका अनुसार पेट्रोल सवारीसाधन ५० हजार किमी चलाउदा १ लाख खर्च हुन्छ भने आईक्युब इलेक्ट्रिक स्कुटर ५० हजार किमी चलाउदा ६ हजार ४६६ भारु मात्र खर्च हुने जानकारी दिएको छ।

मेगा डेलिभरी प्रोग्राम मार्फत कम्पनीले १० दिनमा १ हजार आईक्युब इलेक्ट्रिक स्कुटर डेलिभरी गरेको छ। सो स्कुटर २०२० मा लन्च गरिएको थियो। स्कुटरको १ लाख भन्दा बढी युनिट डेलिभरी भइसकेको छ।

आईक्युब इलेक्ट्रिक स्कुटर सिंगल चार्जमा १८.७५ भारु खर्च लाग्ने कम्पनीको भनाइ छ। यसको आईक्युब एसटी मोडल ४ घण्टा ६ मिनेटमा फुल चार्ज गर्न सकिन्छ। त्यसपछि यसलाई १४५ किमीसम्म चलाउन सकिन्छ।

यसमा स्मार्टकनेक्ट प्लेटफर्मको उत्कृष्ट नेभिगेसन सिस्टम, टेलिम्याटिक्स युनिट, एन्टि थेफ्ट र जियोफेसिङ जस्ता सुविधा पनि रहेको छ।टीभीएस आईक्युब इलेक्ट्रिक स्कुटरमा ७ इन्च टीएफटी टचस्क्रिन, क्लिन यूआई, इन्फिनिटी थिम पर्सनलाइजेसन, भ्वाइस असिस्ट, ओटीए अपडेट, चार्जरको साथमा प्लग एन्ड प्ले क्यारीको साथ फास्ट चार्जिङ, सेफ्टी इन्फर्मेसन, ब्लुटुथ र क्लाउड कनेक्टिभिटीको विकल्प, ३२ लिटर स्टोरेज स्पेस जस्ता फिचर रहेको छ।

फिचरको लागि सो स्कुटर कम्पनीको नेक्स्ट जेनेरेशन टीभीएस स्मार्ट एक्स्कनेक्ट प्लेटफर्मको साथमा उपलब्ध हुनेछ । यसको साथै यसमा एड्भान्स टीएफटी क्लस्टर र टीभीएस आईक्युब एप उपलब्ध रहेको छ ।

Logo