११ असोज २०७९ मंगलबार
1
1
1
1

नविल बैंकले ३४ प्रतिशत लाभांश दिने

1
1
1
1

काठमाडौं ।

नविल बैंकको वार्षिक साधारण सभाले ३४ प्रतिशत लाभांश दिने सञ्चालक समितिको प्रस्ताव पारित गरेको छ ।

बैंकको साधारणसभाले १२ प्रतिशत बोनस शेयर र २२ प्रतिशत नगद लाभांश (कर सहित) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव पारित गरेको हो । बैंकको लाभांश पारित भएसँगै १० अर्ब ९ करोड ३२ लाख ६६ हजार ८४८ रुपैयाँ चुक्ता पूँजी पुग्नेछ । त्यस्तै बैंकले ११ अर्ब अधिकृत पूँजी पु¥याउने विशेष प्रस्ताव पनि पारित गरेको छ ।

साधारण सभामा शेयरधनीहरुले शाखा विस्तारसँगै आफ्नै पूँजीबाट बैंकलाई बलियो बनाउनु सुझाव दिएका थिए । त्यस्तै शेयरधनीहरुले बैंकले नगद लाभांश भन्दा बोनस शेयरलाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका थिए । बैंकका अध्यक्ष शम्भुप्रसाद पौडेलले बैंकसँग भएको जगेडाकोष तथा सञ्चित मुनाफा बलियो भएकाले आवश्यक परेमा ठुलो बैंक हुन कुनै समस्या नरहेको बताए । नविल बैंकको जगेडाकोषमा १४ अर्ब १७ करोड रुपैयाँ रहेको छ ।

प्रकाशित: २३ पुष २०७६ १६:४० बुधबार

1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी