३ भदौ २०७९ शुक्रबार
1
1
1
1

बैंकमा निक्षेप बढ्यो – राष्ट्र बैंक

1
1
1
1
1

पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा निक्षेप बढेको छ ।

पुस १ गते यता बैंकिङ प्रणालीमा २७ अर्ब ९६ करोड रुपैयाँले निक्षेप बढेको छ । नेपाल राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता डा. गुणाकर भट्टका अनुसार बैंक तथा वित्तीय क्षेत्रमा ३३ खर्ब रुपैयाँभन्दा बढी निक्षेप पुगेको छ । यो अवधिमा बैंक तथा वित्तीय संस्थाहरू निक्षेप संकलनमा भन्दा कर्जा लगानीमा बढी आक्रामक देखिएका छन् ।

पुस १ यता बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी २९ अर्ब ९३ करोड रुपैयाँले बढेर ३१ खर्ब ९ अर्ब रुपैयाँ पुगेको छ । निक्षेपभन्दा कर्जा लगानी झण्डै २ अर्बले बढी छ । राष्ट्र बैंकका कार्यकारी निर्देशक तथा प्रवक्ता भट्टले निक्षेप भन्दा कर्जा लगानी केही बढी भए पनि वित्तीय प्रणालीमा प्रयाप्त तरलता रहेको बताए ।

बुधबार बैंक तथा वित्तीय संस्थाहरूमा ४६ अर्ब रुपैयाँ तरलता रहेको छ । त्यस्तै बैंकहरूको कर्जा–पूँजी–निक्षेप अनुपात (सिसिडी) रेसियो ७८ प्रतिशत रहेको प्रवक्ता भट्टले जानकारी दिए ।

प्रकाशित: २३ पुष २०७६ १७:२० बुधबार

केन्द्रबिन्दु अपडेट
1
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी