अजोड इन्स्योरेन्सले आजदेखि युनाईटेडसँग एकीकृत कारोबार गर्दै

अजोड इन्स्योरेन्सले आजदेखि युनाईटेडसँग एकीकृत कारोबार गर्दै


अजोड इन्स्योरेन्सले आजदेखि युनाईटेडसंग एकीकृत कारोबार गर्दैछ। आजदेखि युनाईटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स कम्पनीले एकीकृत कारोबार सुरु गर्दैछन्।

उनीहरूले मर्जर प्रक्रिया सम्पन्न गरेर युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको नामबाट एकीकृत कारोबार सुरु गर्न लागेका हुन् । नियामक निकाय नेपाल बिमा प्राधिकरणले जेठ २ गते उक्त दुई कम्पनीलाई मर्जरको अन्तिम स्वीकृति दिएको थियो ।

मर्जपछि बन्ने नयाँ कम्पनीको अध्यक्षमा भने अजोड इन्स्योरेन्सको तर्फबाट हुने सहमति भएको छ। नयाँ कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीइओ) भने श्रवण रावल बन्ने भएका छन्। रावलले यसअघि उनी साविकको पुडेन्सियल इन्स्योरेन्सको सीइओ रहेका थिए ।

प्रुडेन्सियल र आइएमई जनरल इन्स्योरेन्स एक आपसमा गाभिएर आइजीआई प्रुडेन्सियलमा रावल सिनियर डेपुटी सीइओको जिम्मेवारी रहने सहमति भएको थियो । तर, उनी आइजीआई प्रुडेन्सियलबाट बाहिरिएका हुन्।

यी दुवै कम्पनी एक आपसमा गाभिएर युनाईटेड अजोडको नामबाट एकीकृत कारोबार थालनी गर्न लागेका हुन्। युनाईटेड र अजोड इन्स्योरेन्स बीच १०० बराबरको ८२.५ को स्वाप रेसियोमा मर्जरमा जान लागेका हुन्।

हाल जीवन बिमा कम्पनीको दुई अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीको एक अर्ब रुपैयाँ न्यूनतम चुक्ता पुँजी हुनुपर्ने व्यवस्था छ । तर, आगामी असार मसान्तसम्म जीवन बिमा कम्पनीले पाँच अर्ब रुपैयाँ र निर्जीवन बिमा कम्पनीले दुई अर्ब ५० करोड रुपैयाँ न्यूनतम चुक्ता पुँजी कायम गर्नुपर्ने प्राधिकरणको निर्देशन छ । त्यसपछि थुप्रै बिमा कम्पनीहरू मर्जरमार्फत चुक्ता पुँजी बढाउँदै छन् । सोही क्रममा अजोड र युनाइेड पनि मर्ज हुन लागेका हुन् ।

Logo