अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक सर्वेक्षण अनुसार सरकारी स्वामित्वका १९ वटा संस्थान घाटामा रहेको जानकारी दिएका छन् ।
आईतबार राष्ट्रिय सभामा आर्थिक सर्वेक्षण २०७९-८० को आर्थिक सर्वेक्षण संसदमा प्रस्तुत गर्दै अर्थमन्त्री महतले सरकारी स्वामित्वका ४४ मध्ये २५ संस्थान नाफामा र १९ संस्थान घाटामा रहेको जानकारी दिएका हुन् ।
‘सरकारी लगानी रहेका ४४ मध्ये २५ संस्थान नाफामा छ । सार्वजनिक संस्थामा सरकारको शेयर तथा ऋण लगानी २०७९ असारसम्म ६ खर्ब १८ अर्ब पुगेको छ । नेपाल सरकारले ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको छ ।’ उनले भने ।
सरकारले यो वर्ष संस्थानहरुबाट ६ अर्ब १६ करोड लाभांश प्राप्त गरेको अर्थमन्त्री महतले जानकारी दिए ।
प्रतिक्रिया