नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने सरकारको प्रक्षेपण

नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशतमा खुम्चिने सरकारको प्रक्षेपण


विश्व अर्थतन्त्रमा आएको मन्दीको असर नेपाली अर्थतन्त्रमा परेको सरकारले बताएको छ।

आर्थिक सर्वेक्षण २०७९/८० सार्वजनिक गर्दै अर्थमन्त्री डा. प्रकाशशरण महतले यस आर्थिक वर्षमा नेपालको आर्थिक वृद्धिदर २.१६ प्रतिशत सिमित हुने अनुमान सुनाएका हुन् । पेट्रोलियम पदार्थको मूल्यमा भएको वृद्धिले समग्र मूल्यमा दबाब परेको भन्दै उनले मागमा आएको कमीले स्रोत व्यवस्थापनमा पनि दबाब सिर्जना भएको बताए । 

यसअघि राष्ट्रिय तथ्यांक कार्यालयले पनि चालु आर्थिक वर्ष आधारभूत मूल्यमा मुलुकको आर्थिक वृद्धि जम्मा २.१६ प्रतिशतमा नै खुम्चिने प्रक्षेपण गरेको थियो । 

Logo