युनाइटेड अजोड इन्स्योरेन्सको लोगो सार्वजनिक

युनाइटेड अजोड इन्स्योरेन्सको लोगो सार्वजनिक


युनाइटेड इन्स्योरेन्स र अजोड इन्स्योरेन्स लिमिटेडले आइतबारदेखि ‘यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेड’को नामबाट एकीकृत कारोबार सुरु गरेकाे छ । यी दुई कम्पनीबीच एकआपसमा गाभ्ने र गाभिने वा मर्जरमा जाने सम्झौता भई आजदेखि एकीकृत निर्जीवन बीमा ब्यवसाय संचालन गरेका हुन् ।

मर्जरपछि बन्ने कम्पनी यूनाइटेड अजोड इन्स्योरेन्सको नयाँ ब्रान्डिङ लोगो सार्वजनिक गरिएको छ । जसमा रातो र निलो रङको सम्मिश्रणबाट चारवटा आइकनले नयाँ ढंगबाट एकीकृत भई कारोबार सुरु गर्ने जनाइएको छ । उक्त लोगोमा यूनाइटेड र अजोडमा भएको लोगो झल्किएको छैन ।

लोगोमा युनाइटेड अजोड इन्स्योरेनस लिमिटेड युनाइटेड बाइ ट्रस्ट लेखिएको छ । नयाँ लोगोमार्फत फरक ढंगबाट आफ्नो छबी बनाउने तयारी गर्ने लोगोमार्फत देखिएको छ ।

Logo