‘पर्यटन व्यवसायलाई सरकारले सहजीकरण गर्न आवश्यक’ -मन्त्री भण्डारी

‘पर्यटन व्यवसायलाई सरकारले सहजीकरण गर्न आवश्यक’ -मन्त्री भण्डारी


श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरत् सिंह भण्डारीले पर्यटन व्यवसायलाई सरकारले सहजीकरण गर्नु आवश्यक भएको बताएका छन् । 

पर्यटन र संमृद्धि नामक पुस्तकको लोकार्पण समारोहलाई सम्बोधन गर्दै मन्त्री भण्डारीले व्यवसाय भनेको आम जनताले पनि सजिलै गर्नसक्ने भन्दै त्यसको लागि सरकारले सहजीकरण गर्नुपर्ने बताएका हुन् । 

उनले भने, ‘पर्यटन व्यवसायको निम्ति सबै भन्दा चाहिने कुरा भनेको चरित्र हो । त्यसो हुनाले यो चरित्रलाई हामीले खाली अलि परिमार्जन र व्यवसायिकरण गर्नु आवश्यक छ । व्यवसाय भनेको आम जनताले गर्ने हो, सरकारले त्यसलाई सहजीकरण गर्ने मात्र हो । नेपालको हरेक मान्छेले व्यवसाय गरिरहेको हुन्छ । चियाँ बेचेको होस्, फाइभ स्टार होटल चलाएको होस्, पशुपतिमा माला बेचेको होस् वा जानकी मन्दिरमा धुप बेचेको होस् त्यो सबै व्यवसाय नै हो ।’  

उनले नेपाल पर्यटककको लागि आकर्षणको केन्द्र बन्न सक्ने सम्भावना भएपनि प्राथमिकतामा पर्न नसकेको बताएका छन् । 

मन्त्री भण्डारीले पर्यटनको कुरा गर्दा कुनै गोरो छालालाई पर्यटक मान्ने तर स्थानीय पर्यटकलाई भने वास्ता नगर्ने प्रवृत्तिले पनि देशको पर्यटन क्षेत्र विकास नभएको पनि बताए ।

Logo