विदेशी लगानीकर्ताहरुको समेत सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने

विदेशी लगानीकर्ताहरुको समेत सहभागितामा पूर्वाधार फण्ड स्थापना गरिने


सरकारले विदेशी लगानीकर्ताहरुको समेत सहभागितामा पूर्वाधार फण्ड स्थापना गर्ने भएको छ । 

अर्थमन्त्री डा.प्रकाशशरण महतले सोमवार आगामी आर्थिक बर्षको बजेट सार्वजनिक गर्दै विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनाका लागि कानूनी व्यबस्था गरिने बताएका हुन् । ‘पूर्वाधार आयोजनामा निजी पुँजी परिचालन गर्न स्वदेशी तथा विदेशी लगानीकर्ताको सहभागितामा पूर्वाधार फन्ड स्थापनासम्बन्धी कानूनी व्यवस्था गरिनेछ’ उनले भने ।  

राष्ट्रिय महत्त्वका  आयोजनामा भाएविलिटि ग्याप फन्डिङको व्यवस्था गरी निजी क्षेत्रलाई आकर्षित गरिने तथा राष्ट्रिय महत्त्वका ठूला पूर्वाधार आयोजनामा सार्वजनिक निजी साझेदारी अन्तर्गत हाइब्रिड एन्युटी मोडलबाट निर्माण गर्न सक्ने गरी कानूनी व्यवस्था गरिने उनको भनाइ छ । 

Logo