न्यूनतम ३ महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डार क्षमता वृद्धि गरिने

न्यूनतम ३ महिनाको माग धान्ने गरी पेट्रोलियम भण्डार क्षमता वृद्धि गरिने


अर्थमन्त्री डा‍‍. प्रकाशशरण महतले न्यूनतम ३ महिनाको पेट्रोलियम पदार्थको मागलाई धान्न सक्ने गरी भण्डारण क्षमता वृद्धि गरिने जनाएका छन् ।

आगामी आर्थिक वर्षको आयव्यय विवरण प्रस्तुत गर्दै उनले पोखरामा हवाई इन्धन भण्डार गृह र अमलेखगञ्जमा थप दुई इन्धन भण्डार गृह निर्माण सम्पन्न गरिने जनाए । अर्थमन्त्री महतले ‘वाटर फ्रम हिमालय’को नामले ब्राण्डिङ गरी नेपालको हिमाली क्षेत्रको मिनिरल वाटर र प्रशोधित पानी निर्यात गर्न सहजीकरण गर्ने व्यवस्था मिलाइएको जनाए ।

उनले ३६ प्रकारका वस्तु निर्यातमा दिँदै आएको अनुदानलाई निरन्तरता दिन ९० करोड रुपैयाँ विनियोजन गरिएको पनि जानकारी दिए ।

Logo