चारवटा विमानस्थल क्षेत्रीय विमानस्थलको रूपमा विकास हुने

चारवटा विमानस्थल क्षेत्रीय विमानस्थलको रूपमा विकास हुने


सरकारले मुलुकभरका ८ वटा विमानस्थल स्तरोन्नति गर्ने भएको छ । 

अर्थमन्त्री प्रकाशशरण महतले सोमबार संसदमा आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै अति व्यस्त मानिने विराटनगर, भरतपुर, नेपालगञ्ज र धनगढी विमानस्थलको स्तरोन्नति गरी क्षेत्रीय विमानस्थलको रूपमा विकास गर्ने बताएका हुन् । 

यस्तै, रुकुमको चौरजहारी, दाङको टरीगाउँ, उदयपुरको सगरमाथा र जुम्लाको खलङ्गा विमानस्थलको स्तरोन्नति गर्ने उनको भनाइ छ । दुर्गम क्षेत्रमा उडान भर्ने हवाई कम्पनीलाई सहुलियत दिई हवाई यातायात सुविधालाई सहज र सुलभ बनाइने समेत सरकारले घोषणा गरेको छ।

Logo