१५ माघ २०७८ शनिबार
1
1
1

६ महिनामा १३ प्रतिशत मात्रै पूँजीगत खर्च

1
1
1
1
1
1
1
1
1

काठमाडौं ।

चालू आर्थिक वर्ष ०७६/७७ को बितेका ६ महिनामा १३.१४ प्रतिशत मात्र पुँजीगत (विकास) खर्च भएको छ ।अब चालू आवको बाँकी ६ महिनामा ८६.८६ प्रतिशत पुँजीगत खर्च गर्नुपर्ने अवस्था छ । जसका कारण विकास निर्माणमा तीव्रता दिई समृद्ध नेपाल निर्माण गर्ने सपनासहित अघि बढेको सरकारको बजेट कार्यान्वयनको अवस्था फितलो र कमजोर देखिएको छ ।

सरकारले पूर्वाधार निर्माणका कामलाई अपेक्षाकृत रूपमा अघि बढाउन नसकेकै कारण चालू आवमा पनि विगतका वर्षमा जस्तै पुँजीगत खर्च सुस्त हुने समस्या दोहोरिएको हो । चालू आवका लागि सरकारले पुँजीगत खर्च (विकास निर्माण) तर्फ कुल ४ खर्ब ८ अर्ब ५९ लाख रुपैयाँ बजेट विनियोजन गरेकामा पुस मसान्तको अघिल्लो दिनसम्म जम्मा ५५ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ मात्रै खर्च भएको महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ । मंगलबार एक दिनको खर्च भने यसमा समावेश नभएको सो कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका अनुसार सरकारले खर्च बढाउने योजनासहित विभिन्न नीति निर्देशन दिए पनि अझै विनियोजित पूँजीगत खर्च हुन सकेको छैन । गतवर्ष संघीय संसद्को अर्थ समितिले मंसिरभित्र ठेक्का सम्झौता गरी हरेक आवको दोस्रो चौमासिकमा ६० प्रतिशत बजेट पुँजीगत खर्च गर्न निर्देशन दिएको थियो । तर चालू आवको पुस मसान्तसम्ममा पनि जम्मा १३ दशमलव १४ प्रतिशत पुँजीगत खर्च हुनुले ढिलासुस्ती कायमै रहेको संकेत गर्ने महालेखा नियन्त्रकको कार्यालयले जनाएको छ ।

महालेखा नियन्त्रकको कार्यालयका प्रवक्ता रमेशप्रसाद शिवाकोटीले अहिलेसम्म गरिएको पुँजीगत खर्चको अवस्था निकै कमजोर देखिएकाले यसप्रति सम्बन्धित निकाय बेलैमा सचेत हुनुपर्ने बताए ।

उनले यो अवस्थामा जतिसक्दो छिटो सुधार आउनु आवश्यक भएको बताए । अहिलेसम्म भएको सरकारी खर्चलाई विश्लेषण गर्दा चालू आवका लागि विनियोजित पुँजीगत खर्चको लक्ष्य भेट्न एकदमै कठिन भएको सम्बन्धित सरोकारवालाको भनाइ छ । उनीहरूले सरकारले चालू आवको पुस मसान्तसम्म ५५ अर्ब ९६ करोड ८६ लाख रुपैयाँ मात्र पुँजीगत खर्च हुनु निकै फितलोपन भएको बताएका छन् ।
राजधानीबाट

प्रकाशित: १ माघ २०७६ ०९:२८ बुधबार

1
1
1
1
1
1
1
1
1
केन्द्रबिन्दु अपडेट
केन्द्रबिन्दु टिभी
केन्द्रबिन्दु टिभी