पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या शून्य

पछिल्लो २४ घन्टामा कोरोना संक्रमितको संख्या शून्य


पछिल्लो २४ घन्टामा देशभर कोरोना संक्रमितको संख्या शून्यमा झरेको छ । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार १ हजार ३८ जनाको नमुना परिक्षण गर्दा कसैमा पनि संक्रमण फेला नपरेको हो । यसबीचमा ३ जना संक्रमुक्त भएका छन् भने ६ हजार ४६४ जनाले कोरोना खोप लगाएका छन् । 

आज कोरोनावाट कसैको पनि मृत्यु भएको छैन । हाल देशभर जम्मा ११ जना कोरोना सक्रिय संक्रमित रहेको मन्त्रालयले जनाएको छ ।
 

Logo