राष्ट्रपति पौडेल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्यवस्था ?

राष्ट्रपति पौडेल अस्पताल भर्ना, कस्तो छ स्वास्थ्यवस्था ?


राष्ट्रपति रामचन्द्र पौडेल अस्पतालमा भर्ना भएका छन् । 

शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रका कार्यकारी निर्देशक चन्द्रमणि अधिकारीले प्रेस विज्ञप्ति जारी गर्दै मंगलबार नियमित स्वास्थ्य परीक्षण गर्न गएका राष्ट्रपति पौडेललाई भर्ना गरिएको जानकारी दिए । चिकित्सको सल्लाहअनुसार राष्ट्रपति पौडेललाई २४ घण्टा अस्पतालमा अवलोकनमा राखिएको छ । बुधबार डिस्चार्ज गर्ने तयारी भएको निर्देशक अधिकारीले जानकारी दिए ।

यसअघि अस्वस्थ भएपछि राष्ट्रपति पौडेललाई शिक्षण अस्पताल महाराजगञ्जमा भर्ना गरिएको थियो । त्यसपछि उनलाई भारतको राजधानी नयाँ दिल्ली लगेर त्यहाँस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार गरिएको थियो ।

Skip This
Logo