सामाजिक संजालमा असहिष्णु नबन्नुस्, नेतृत्वलाई अप्ठेरो पर्छः रवि लामिछाने

सामाजिक संजालमा असहिष्णु नबन्नुस्, नेतृत्वलाई अप्ठेरो पर्छः रवि लामिछाने


सामाजिक संजालमा राष्ट्रिय स्वतन्त्र पार्टीका कार्यकर्ता तथा समर्थकहरु असहिष्णु भएर गालिगलौजमा उत्रिएको टिप्पणी भइरहेका बेला रवि लामिछानेले अब यस्तो व्यहोरा नदेखाउँन आग्रह गरेका छन् ।

रास्वपा धादिङ काठमाडौं सम्पर्क भेलालाई शनिबार काठमाडौंमा सम्बोधन गर्दै सभापति लामिछानेले समर्थकबाट तल्लोस्तरमा गएर गागिलौज गर्दा पार्टी र नेताहरुलाई अप्ठेरो पर्ने गरेको बताए।

उनले भने– 'हामीमाथी सामाजिक संजालमा अशहिष्णु टिप्पणी गर्ने, असाध्यै गालिगलौज गर्ने गरेको आरोप छ। तपाईहरुले त्यस्तो गरिदिँदा दलका नेतालाई असर गर्छ। हामीलाई माया गर्ने, समर्थन गर्ने साथीहरुसँग बिन्ति नगरे मैले कसका अगाडि गर्ने? हामीले घृणा फैलाउने होइन। आलोचनालाई तल्लो तहमा गएर टिप्पणी गर्न हुन्न'।

Logo