बिग मर्जरमा जान सबै बैंक तयारदेखि पर्यटन क्षेत्रमा ठूलो क्षतिसम्म (भिडियोसहित)

बिग मर्जरमा जान सबै बैंक तयारदेखि पर्यटन क्षेत्रमा ठूलो क्षतिसम्म (भिडियोसहित)


काठमाडौं । केन्द्रबिन्दु टेलिभिजनले दिनभरिका महत्वपूर्ण तथा खोजमूलक समाचारलाई केन्द्रबिन्दु समाचार बुलेटिनका रूपमा प्रस्तुत गर्दै आएको छ । यो बुलेटिन केन्द्रबिन्दु अनलाइन मिडियाको युट्युब च्यानलबाट हरेक दिन प्रशारण हुन्छ । प्रत्येक दिन खोजमुलक र समसामयिक विषयवस्तु प्रस्तुत गर्ने हाम्रो प्रयास हो ।

कोरोनाको विश्वव्यापी त्रास र नेपालको लकडाउनका बीच पनि हामीले हाम्रो प्रस्तुतिलाई निरन्तरता दिइरहेका छौँ । आज पनि हामीले महत्वपूर्ण पाँच समाचारहरू प्रस्तुत गरेका छौँ । आजका प्रमुख समाचारहरुमध्ये पछिल्लो समय अधिकांश बैंकहरु बिग मर्जरमा जान तयार देखिएका छन् । समयको मागसँगै बैंकहरु बिग मर्जरमा जान इच्छुक देखिएका हुन् । बिग मर्जर गरेपछि संस्थागत रुपमा बलियो हुने, सूचना प्रविधिमा लगानी बढाउन सकिने भन्दै नेपाल राष्ट्र बैंकले नै बिग मर्जरको नीति लिएपछि बैंकहरु पनि त्यतर्फ सकारात्मक भएका हुन् ।

त्यस्तै मनसुन सक्रिय भएपछिको एक महिनामा मुलुकले ठूलो जनधनको क्षति बेहोर्नु परेको छ । मुलुकका विभिन्न १९ जिल्लामा बाढी र पहिरोबाट ८८ जनाले ज्यान गुमाएका छन् भने अझै ३२ जना बेपत्ता छन् ।

नेपालमा उत्तरी छिमेकी मुलुक चीनको आर्थिक एवं राजनीतिक प्रभाव पछिल्लो समय बढ्दो छ । विश्वको दोस्रो ठूलो अर्थतन्त्रको रुपमा उदाउँदो चीनको स्वभाविक रुपमा नै नेपालमा प्रभाव बढेको हो ।

त्यस्तैगरी नेकपाभित्र लामो समयदेखि चलिरहेको विवाद यतिबेला साम्य भएको छ । प्रधानमन्त्री एवं पार्टी अध्यक्ष केपी शर्मा ओली र अर्का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले धेरैपछि पार्टी एकता सफल पारेरै छोड्ने अभिव्यक्ति दिएसँगै विवाद साम्य भएको हो । गत बुधबारसम्म (वान टु वान) वार्तामा टस्को मस नभएका दुई पक्ष बिहीबारदेखि भने पार्टीभित्रको विवादलाई सहमतिमा समाधान गर्नेे अभिव्यक्ति दिएका छन् ।

कोरोना भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले लकडाउन गर्दा पर्यटन व्यवसाय सबै भन्दा धेरै संकटमा परेको छ । यसरी मुलुक लकडाउन हुदाँ अन्तर्राष्ट्रिय हवाइ उडानदेखि सीमानाकासम्म बन्द हुदाँ पर्यटक आउन पाएका छैनन् । जसका कारण नेपाली पर्यटन क्षेत्र ठूलो संकटमा परेको हो । पूरा समाचारका लागि केन्द्रबिन्दु बुलेटिन हेर्न नभूल्नुहोला…..

Logo