एमालेद्वारा आज पनि राष्ट्रिय सभा बैठक अवरोध, अब आइतबार बस्ने

एमालेद्वारा आज पनि राष्ट्रिय सभा बैठक अवरोध, अब आइतबार बस्ने


आज पनि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय सभा बैठक अवरोध गरेको छ । 

सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूलाई प्रधानमन्त्री बनाउन सरदार प्रितम सिंहले पटक पटक दिल्ली धाएको भन्ने अभिव्यक्ति दिएपछि एमालेले सदन अवरोध गर्दै आइरहेका छन् । 

एमालेकी सांसद विमला घिमिरेले प्रधानमन्त्रीले प्रधानमन्त्रीको राजीनामा नआएसम्म सदन चल्न नसक्ने बताएकी छन् । 

राष्ट्रियसभा अध्यक्ष गणेश तिमल्सिनाले तीनदिनदेखि बैठक अबरोध हुँदै आइरहेको उल्लेख गर्दै संवाद र छलफलबाट समस्याको समाधान खोज्न आग्रह गरेका छन् । एमालेको अवरोधपछि स्थगित भएको राष्ट्रिय सभा बैठक अब असार २४ गते आइतबार बस्ने छ । 

Logo