केन्द्रबिन्दु एक्सप्रेसः बालेनकाे विरोधमा फेरि उत्रिए फुटपाथ व्यवसायी, सर्वोच्चबाट जोगियो कोशी सरकार [भिडियाे]

केन्द्रबिन्दु एक्सप्रेसः बालेनकाे विरोधमा फेरि उत्रिए फुटपाथ व्यवसायी, सर्वोच्चबाट जोगियो कोशी सरकार [भिडियाे]


बुधबार बिहान मृत्यु भएको प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ धर्मपत्नी स्वर्गीय सीता दाहालको पशुपतिनाथ आर्यघाटमा अन्त्येष्टि गरिएको छ। बुधबार अपरान्ह सरकारको निर्णयबमोजिम सीताको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको हो। सीतालाई छोरीहरु रेणु दाहाल र गंगा दाहालसहित प्रधानमन्त्री प्रचण्डले पत्नी  दागबत्ती दिए। 

काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहविरुद्ध महानगरपालिकाको कार्यालय अगाडि ‘इनफ इज इनफ’ले विरोध प्रदर्शन गरेको छ।‘इनफ इज इनफ’ले बालेनविरुद्ध ठेलागाडालगायत साना व्यापारीहरूको उचित व्यवस्थापन गर्न माग गर्दै विरोध प्रदर्शन गरेको हो।

नेपाली कांग्रेसको केन्द्रीय समिति बैठक स्थगित भएको छ। बुधबार दिउँसो १ बजेका लागि बैठक तय भएको बैठक प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड पत्नी सीता दाहालको बुधबार बिहान निधन भएपछि बैठक स्थगित भएको हो। अब बैठक साउन २ गते बस्नेछ।

अख्तियार दुरूपयोग अनुसन्धान आयोगले झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साह, तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकीसहित ११ जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको छ।अख्तियारले झापा गाउँपालिकाका अध्यक्ष जय नारायण साह,तत्कालीन उपाध्यक्ष कुन्ती देवी बुढाथोकी,प्रमुख प्रशासकीय अधिकृत,वडा अध्यक्ष, उपभोक्ता समितिका अध्यक्षसमेत ११ जना उपर गैरकानूनी लाभ तथा हानी पुर्‍याई भ्रष्टाचार गरेको आरोपमा विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सरकारसँग लम्पी स्किन रोगको महामारीमा क्षति भएका पशुचौपायहरुको उचित क्षतिपूर्तिसहितको ६ बूँदे माग राख्दै आएका पीडित किसानहरुले धर्ना समेत दिन थालेका छन्।

बुधबार ललितपुरको हरिहरभवनस्थित पशुसेवा विभाग परिसरमा पुगेर उनीहरुले आफूहरुको माग सम्बोधन गर्न दवाव स्वरुप एक घण्टा धर्ना दिएका हुन्। ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ।राउतका वकील टीकाराम भट्टराईका अनुसार रिट दर्ता भएकोमा प्रारम्भिक सुनुवाइका लागि बिहीबारलाई पेशी राखिएको छ।

ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका सञ्चार सचिव कृष्णबहादुर राउतलाई हिरासतमुक्त गर्न माग गर्दै सर्वोच्च अदालतमा बन्दी प्रत्यक्षीकरणको मुद्दा दर्ता भएको छ।

लम्पी स्किन रोगको प्रकोपले देशको ७६ वटा जिल्लालाई आफ्नो प्रभावमा लपेटेको छ। मनाङ बाहेक हरेक जिल्लाको घरपालुवा पशुमा देखिएको यो रोग नियन्त्रणबाहिर गएको छ। पशु सेवा विभागका अनुसार बुधबार अपरान्हसम्म यो रोगका कारण देशभर २८ हजार बढी चौपायाको मृत्यु भएको छ।

जिल्ला प्रहरी कार्यालय सिरहामा गत सोमबार जिल्ला प्रहरी कार्यालय सिरहामा कार्यरत प्रहरी जवान अनु रायलाई पाता कसेर यातना दिएको भिडियो बुधबार सार्वजनिक भएपछि मधेश प्रदेश प्रहरी कार्यालयले छानविन सुरु गरेको छ। डीएसपी ज्ञानकुमार महतोको संयोजकत्वमा ५ सदस्यीय छानविन टोली गठन गरेको हो। 

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अमेरिकी नागरिक ३८ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सुरक्षा प्रहररीले केभिन वेस्ली फिलिप्स नाम गरेका अमेरिकी नागरिकलाई पक्राउ गरेको हो। उनी भिस्तरा एयरलाइन्समार्फत नयाँ दिल्ली जान लागेका थिए।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भारत जान लागेका अमेरिकी नागरिक ३८ हजार अमेरिकी डलरसहित पक्राउ परेका छन्।

कारोबार हुने साताको चौँथो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अङ्कले बढेको छ। आजको कारोबारमा नेप्से परिसूचक २५ दशमलव ३१ अङ्कले बढेर दुई हजार ९७ दशमलव ५५ अङ्कमा कायम भएको हो।

बङ्गलादेशमा डेङ्गुबाट एकैदिन सात जनाको मृत्यु भएको छ। मृतकको यो सङ्ख्या अहिलेसम्मको सबैभन्दा बढी हो। मङ्गलबार सबैभन्दा बढी एक हजार ५४ जना डेङ्गुका नयाँ बिरामी दर्ता भएका तथा  थप सात जनाको मृत्यु भएको स्वास्थ्य सेवा महानिर्देशनालयले बुधबार जनाएको छ। यो सङ्ख्या यस वर्षको जनवरी यता एकै दिनमा सबैभन्दा धेरै हो।

ओमेगा च्याम्पियनसिप नाम दिएको मिक्स्ड मार्सलआर्टस प्रतियोगिता आउदो जुलाई-३० मा नेपालमा पहिलो पटक आयोजना हुने भएको छ। काठमाडौँमा आयोजक ओमेगा फाइट टिमले मंगलबार पत्रकार सम्मेलन गर्दै पहिलो पटक हुन गइरहेको ओमेगा च्याम्पियनसिपबारे जानकारी दिएको हो। प्रतियोगितामा प्रोफेसनल र एमेच्योर गरेर दुई फरक फरक विधामा प्रतियोगिता हुनेछ। 

Logo