तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!

तपाइको आजको दिन कस्तो छ? हेर्नुहोस् राशिफल!


आज २०८० साउन ४ गते बिहीबार। २० जुलाई २०२३।

मेष (चु,चे,चो,ला,लि,लु,ले,लो, अ)
सम्पत्ति हराउने वा नष्ट होला। अरुको भर पर्दा धोका पाइनेछ। राजनैतिक कार्यमा बाधा आउनेछ। सानातिना समस्यामा अल्झिनुपर्ने हुन्छ।

वृष (इ,उ,ए,ओ,वा,वि,वु,वे,वो)
आज इच्छा र आकाङ्क्षा पूर्ण होला। पठनपाठनमा प्रगति हुनेछ। नजिकको मित्रसँग भेटघाट हुनेछ। दिनको उत्तरार्धमा केही धन खर्च बढ्नेछ।

मिथुन (का,कि,कु,घ,ङ,छ,के,को,हा)
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुनेछ । शुभकार्यको चर्चा चल्नेछ । मनमा उत्साहका साथै बोली बिक्ने समय छ ।

कर्कट (हि,हु,हे,हो,डा,डि,डु,डे,डो)
आज आकस्मिक धन लाभ हुने र मनमा शान्ति छाउनेछ । मनोरञ्जनमा सहभागिता भइएला । पुराना र नयाँ कार्यको प्रारम्भ गर्न सकिनेछ ।

सिंह (मा,मि,मु,मे,मो,टा,टि,टु,टे)
आज जीवनसाथीसित वैचारिक मतभेद हुनसक्छ । सानातिना घरायसी समस्याहरू देखिए पनि तिनले दैनिकीमा खास फरक पार्ने स्थिति छैन ।

कन्या (टो,पा,पि,पु,ष,ण,ठ,पे,पो)
अरुलाई प्रभावित पारेर काम बन्नेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । पराक्रम बढ्नुका साथै शरीर पनि स्वस्थ रहनेछ । प्यारो साथी सँग भेट होला ।

तुला (रा,रि,रु,रे,रो,ता,ति,तु,ते)
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहनेछ । कहीँकतैबाट कुनै उपहार प्राप्त होला । नयाँ कार्यको सुरुवात पनि गर्न सकिनेछ ।

वृश्चिक (तो,ना,नि,नु,ने,नो,या,यि,यु)
इष्टमित्र एवं साथीभाइहरूसँग भेटघाट हुनेछ । चिताएको कामले तीव्रता लिनेछ । कार्य सम्पादनमा सहजता मिल्नेछ । आस्थामा पनि वृद्धि होला ।

धनु (ये,यो,भा,भि,भु,धा,फा,ढा,भे)
आज महत्त्वपूर्ण अवसर गुम्न सक्छ । मानसिक चिन्ता बढ्नेछ । दाम्पत्य जीवनमा मतभेद भएपनि माया एवं समझदारीको भने कायम रहनेछ ।

मकर (भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि)
आँटेको र ताकेको कार्य पुरा होला । कूटनीतिक नियोगको सहयोग मिल्नेछ । प्रेममा मधुरता छाउला । साहित्यिक क्षेत्रमा रुचि बढ्नेछ ।

कुम्भ (गु,गे,गो,सा,सि,सु,से,सो,दा)
धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् । महिला वा नजिकैको मित्रबाट साथ र सहयोग मिल्नेछ । शैक्षिक क्षेत्रमा पनि सफलता मिल्नेछ ।

मीन (दि,दु,थ,झ,ञ,दे,दो,चा,चि)
आज नयाँ र शुभ समाचार सुन्न पाइएला। प्यारो साथी सँग भेट हुनेछ । नयाँ कार्यको थालनी होला। राजनीतिक कार्यमा सफलता मिल्नेछ ।

Logo