केएमसीमा ‘कम्युनिकेसन भेन्चर र मार्केटप्रेनर एक्पो तथा कम्युनिभेन्चर’ कार्यक्रम सम्पन्न

केएमसीमा ‘कम्युनिकेसन भेन्चर र मार्केटप्रेनर एक्पो तथा कम्युनिभेन्चर’ कार्यक्रम सम्पन्न


बागबजारमा रहेको काठमाडौँ मोडल कलेज (केएमसी)मा ब्याचलरमा अध्ययन गरिरहेका विद्यार्थीहरुले ‘कम्युनिकेसन भेन्चर र मार्केटप्रेनर एक्पो तथा कम्युनिभेन्चर’ कार्यक्रम सम्पन्न गरेका छन् ।

बीबीए, बीबीएम, बीए, बीबीएस, बीसीएर ब्याचलर लेभलका विद्यार्थीहरुले ३, ४ र ५ गते आयोजना गरेको कार्यक्रममा कक्षामा सिकेका कुरालाई व्यवहारमा उतार्ने तरिकाबारे जानकारी गराएका थिए । विद्याथीहरुले आफूले पढेका र समाजमा भइरहेका घटनालाई नाट्यकलामा रुपान्तरण गरेका थिए । बी कम्युनिकेसन स्किल र पढेको कुरालाई जीवनमा कसरी उतार्न सकिन्छ भन्ने कुरा नाटकमा देखाइएको थियो । 
 
कलेजमा पढाईमात्र नभएर बाहिरी क्रियाकलापमा पनि उत्कृष्ट बनाउने उद्देश्यले यस्तो कार्यक्रमको आयोजना गरेको आयोजकको दाबी छ । कार्यक्रममा विभिन्न ६ वटा विधामा प्रस्तुति दिएका विद्यार्थीलाई नगदसहित ट्रफी प्रदान गरिएको थियो ।

Logo