भारतले प्रक्षेपण गरेको चन्द्रयान -३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश

भारतले प्रक्षेपण गरेको चन्द्रयान -३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश


भारतले प्रक्षेपण गरेको चन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको छ । भारतीय अन्तरिक्ष अनुसन्धान सङ्गठन (इसरो) का अनुसार चन्द्रयान–३ अन्तरिक्ष यानले चन्द्रमाको झण्डै दुई तिहाइ दूरी तय गरीआईतबार सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको हो ।

इसरोलेचन्द्रयान–३ सफलतापूर्वक चन्द्रमाको कक्षमा प्रवेश गरेको तस्बर समेत सार्वजनिक गरेको छ । 

इसरोले ट्विट गर्दै लेखेको छ ‘यो चन्द्रयान–३ हो । म चन्द्रमाको गुरुत्वाकर्षण महसुस गरिरहेको छु ।’ भारतले तेस्रो चन्द्र अन्वेषण अभियान चन्द्रयान–३ लाई गएको जुलाई १४ मा आन्ध्र प्रदेशको श्रीहरिकोटा सतीश धावन अन्तरिक्ष केन्द्रबाट सफलतापूर्वक प्रक्षेपण गरेको थियो ।

अमेरिका, चीन र रूसपछि चन्द्रमाको सतहमा आफ्नो अन्तरिक्षयान अवतरण गर्ने र चन्द्रमाको सतहमा सुरक्षित र सफल अवतरणका लागि देशको क्षमता प्रदर्शन गर्ने भारत चौथो देश हो । अवतरणपछि चन्द्रयान–३ ले एक चन्द्र दिनको लागि काम गर्नेछ ।

Logo