छानबिन गर्न पाउने संसदको अधिकारमाथि सरकारले बलात्कार गर्‍याेः एमाले नेता पोखरेल

छानबिन गर्न पाउने संसदको अधिकारमाथि सरकारले बलात्कार गर्‍याेः एमाले नेता पोखरेल


नेकपा एमालेका नेता आनन्द पोखरेलले संसदलाई कुनै पनि विषयमा छानविन गर्ने अधिकार रहेको बताएका छन् । 

सोमबार काठमाडौमा आयोजित साक्षात्कार कार्यक्रममा एमाले नेता पोखरेलले नियम, कानुन बनाउने अधिकार पाएको संसद्ले कुनै पनि विषयमा छानविन गर्न पाउनुपर्ने बताएका हुन् । उनले सांसदहरुको सार्वभौम अधिकारमाथि हस्तक्षेप गर्ने र आफ्नो अधिकार र महत्व नबुझ्नेले उच्चस्तरीय छानविन समितिको विषयमा बोल्न नहुने पनि स्पष्ट पारे ।

उनले भने, ‘हामीले संसद् अवरुद्ध गरेको होईन । एयरपोर्टबाट एक पटकमात्रै होईन, नौ पटक सुन तस्करी भएको छ । भण्डै १४/१५ क्वीन्टल सुन तस्करी भएको छ । त्यसको प्रमाण बाहिर आइसकेको छ । यो सरकार के हेरेर बस्यो ? यसका निकायहरु के हेरेर बसे ? यसमा सरकारमा रहेका मान्छेहरुको भूमिका छ भन्ने सबैले पुष्टि गरिसकेका छन, त्यस्तो घटनाबारे संसदीय समिति बनाएर छानविन गर्नपर्छ भन्दा त्यसलाई अस्वीकार गर्नु भनेको संसद्को सार्वभौम अधिकारमाथि यो सरकारले बलात्कार गरेको छ ।’ 

नेता पोखरेलले संसदीय समितिले गरेको छानविनलाई अस्वीकार गर्ने हो भने सांसदहरुले सरकारलाई नै अस्वीकार गर्नुपर्ने पनि बताए ।

Logo