आज तेस्रो टी-२० खेल्दै भारत र वेस्ट इन्डिज

आज तेस्रो टी-२० खेल्दै भारत र वेस्ट इन्डिज


भारत र वेस्ट इन्डिजबीचको तेस्रो टी-२० आज हुँदैछ। यो खेल बेलुका सवा ८ बजे शुरु हुनेछ। पाँच खेलको टी-२० शृङ्खलामा घरेलु टोली वेस्ट इन्डिजले २-० को अग्रता बनाएको छ। आजको खेल जितेमा वेस्ट इन्डिजले शृङ्खला जित्नेछ।

शृङ्खला जोगाइराख्न भारतलाई आज जित्नैपर्ने दबाब छ। वेस्ट इन्डिजले पहिलो खेल ४ रन र दोस्रो खेल दुई विकेटले जितेको थियो। चौँथो खेल शनिबार र पाँचौँ तथा अन्तिम टी-२० आइतबार हुनेछ। 

Logo