संसदकाे अवरोध हटाउन दलहरूसँगको संवादलाई तीव्रता दिने गठबन्धनको निर्णय

संसदकाे अवरोध हटाउन दलहरूसँगको संवादलाई तीव्रता दिने गठबन्धनको निर्णय


सत्तारूढ दलहरूबीच सदनको गतिरोध अन्त्यका विषयमा छलफल भएको छ । प्रमुख प्रतिपक्षी दल एमालेले सुन तस्करी प्रकरणको छानबिन गर्न उच्चस्तरीय छानबिन समिति गठन गर्नुपर्ने माग राखेर १० साउनदेखि संघीय संसदका दुवै सदन अवरुद्ध गर्दै आएको छ । 

सोही विषयमा सत्तारुढ दलबीच बुधबार बिहान छलफल भएको हो । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा भएको छलफलमा संसद्को गतिरोध खुलाउने विषयमा कुराकानी भएको छ । बैठकले सदनको गतिरोध अन्त्य गर्न प्रमुख प्रतिपक्षी दललगायत संसदमा प्रतिनिधित्व गर्ने दलहरूसँग संवादको प्रक्रियालाई अगाडि बढाउने निर्णय गरेको छ । 

बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल, उपप्रधानमन्त्रीद्वय पूर्णबहादुर खड्का, नारायणकाजी श्रेष्ठ लगायतका नेताहरू सहभागी थिए । 

Logo