काठमाडौं । बुधबार सुनको मूल्य घटेकाे छ । सुन ताेलामा पाँच सय रुपैयाँले घटेर ७९ हजार पाँच सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
गएकाे साेमबार एकैदिन तोलामा १५ सय रुपैयाँ बढेर तोलाको अहिलेसम्मकै महँगो अर्थात् तोलाको ८० हजार तीन सय रुपैयाँ पुगेको सुनको भाउ मङ्गलबार र बुधबार भने घटेको हो ।
सुन मङ्गलबार तोलामा तीन सय रुपैयाँ र बुधबार तोलामा पाँच सय रुपैयाँले घटेको हो । बुधबार चाँदीको भाउ पनि तोलामा २० रुपैयाँ घटेर तोलाको ९ सय पाँच रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित: १४ फागुन २०७६ १२:१९ बुधबार