काठमाडौं । बिहीबार तोलामा सुनको मूल्य दुई सय रुपैयाँले बढेको छ ।
बुधबार तोलाको ७९ हजार पाँच सय रुपैयाँमा काराेबार भइरहेकाे सुन बिहीबार तोलाको ७९ हजार सात सय रुपैयाँ कायम भएकाे नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।
सुनको भाउ बढे पनि चाँदीको भाउ बिहीबार तोलामा ५ रुपैयाँ घटेको छ । चाँदी बिहीबार तोलाको नाै सय रुपैयाँमा कारोबार भइरहेको छ ।
प्रकाशित: १५ फागुन २०७६ १२:३१ बिहीबार