वैदेशिक लगानी र निर्यात प्रवद्र्धनमा सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड

वैदेशिक लगानी र निर्यात प्रवद्र्धनमा सरकार र निजी क्षेत्रबीच सहकार्यमा जोड


मुलुकको अर्थतन्त्र समस्यामा रहेका बेला उत्पादन र उत्पादकत्व बढाउन आवश्यक वैदेशिक लगानी र निर्यात प्रवद्र्धनमा नेपाली नियोग र निजी क्षेत्रबीच सहकार्यमा जोड दिइएको छ ।

नेपाल उद्योग वाणिज्य महासंघले आयोजना गरेको प्रभावकारी आर्थिक कुटनीतिका लागि नेपाली नियोग र निजी क्षेत्र सहकार्य बिषयक छलफलमा वक्ताहरुले उक्त धारणा राखेका हुन्।

परराष्ट्रमन्त्री एनपी साउदले निर्यात एवं पर्यटन प्रवद्र्धन र विदेशी लगानी आकर्षित गर्न निजी क्षेत्रको सक्रिय भूमिका आवश्यक रहेको वताए । विभिन्न मुलुकका लागि नेपालको तर्फबाट नियुक्त राजदूतहरुले पनि निजी क्षेत्रसंगको सहकार्य गर्नुपर्ने उनको धारणा थियो ।

त्यस्तै, नेपाल सरकार सुरक्षा परिषदका सल्लाहकार एवं पूर्व मुख्य तथा परराष्ट्र सचिव शंकरदास वैरागीले नेपाली नियोगहरुले आफ्नो दायरा विस्तार गरि निजी क्षेत्रसंग सहकार्य गर्नुपर्ने वताए । 

मुख्य सचिव वैकुण्ठ अर्यालले नवनियुक्त राजदूतहरुलाई शुभकामना दिँँदै आर्थिक कुटनीति विस्तारका लागि वहुपक्षीय निकायहरुसंगको सहकार्य पनि आवश्यक रहेको वताए । यसैगरि निजी क्षेत्रले पनि वस्तु र बजार विविधिकरणमा ध्यान दिनुपर्ने वताए । 

साथै श्रम सचिव केवल भण्डारीले अब आर्थिक कुटनीतिलाई श्रम कुटनीति भन्नुपर्ने सुझाव दिए । 

अर्थसचिव अर्जुन पोखरेलले आर्थिक कुटनीति विस्तारका लागि आवश्यक बजेट व्यवस्था गरिने वताए । 

वाणिज्य सचिव मधु मरासिनीले विश्व व्यापार संगठनमा समेत हाम्रो भूमिका बढाउन आवश्यक रहेको वताए । यसैगरी अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव पनि विश्लेषण गर्नुपर्ने उनको धारणा थियो ।

त्यस्तै, प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डेले अतिकम बिकसित मुलुकबाट स्तरोन्नति हुँदा पर्ने प्रभाव न्युनिकरणमा पनि नियोगहरुको भूमिका महत्वपूर्ण रहने वताए । 

सरकारका उच्च पदस्थ अधिकारी र नवनियुक्त राजदूतहरुको उपस्थिति रहेको कार्यक्रममा महासंघका अध्यक्ष चन्द्र ढकालले नियोगहरुले सकारात्मक मात्र भएमा पनि निक्कै सहज अनुभव सुनाए । ‘नियोगहरुले काम गर्न नै खोज्ने हो भने धेरै सुधार हुन्छ,’ उनले भने । धेरै उदीयमान र बिकसित अर्थतनत्रहरुमा व्यापार विस्तार, लगानी एवं पर्यटन प्रवद्र्धनका आधारमा राजदूतहरुकोमुल्यांकन हुने गरेको पनि उनले वताए । यसका लागि महासंघ निरन्तर सहकार्य गर्न तयार रहेको वताए । 

महासंघका निवर्तमान अध्यक्ष शेखर गोल्छाले अहिलेको अवस्थामा व्यवसाय विस्तारका सबै अवसर सिर्जना गनुपर्ने वताए । 

महासंघका वरिष्ठ उपाध्यक्ष अन्जन श्रेष्ठले महासंघ र नियोगहरुको निरन्तर सहकार्य रहने वताए । 

Logo